2026-09-19 01:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरामा अतिक्रमण गरियक जग्गा खाली गर्न नगरपालिकाको आग्रह

असोज ५, बाजुरा। विभिन्न ठाउँमा सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रमण गरी लगाइएका घर तथा टहरा तत्काल हटाउन बाजुराको बडीमालिका नगरपालिकाकाले सम्बन्धीत सबैमा आग्रह गरेको छ । 

सडक विस्तार गर्नका लागि सार्वजनिक सडक र ऐलानी जग्गा अतिक्रमण गरी घर तथा टहरा निर्माण भएकाले त्यसलाई हटाउन नगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरेर सो आग्रह गरिएको हो । 

नगरपालिकाले मार्तडीको गौडा डिलदेखि जिल्ला प्रशासन कार्यालय अगाडिको खुलामञ्च, जिल्ला वन कार्यालयदेखि जिल्ला स्वास्थ्य कार्यालय र तुफानडाँडादेखि जिल्ला प्रहरी कार्यालय हुँदै गैरीबजार गौडा डिलसम्म सडक निर्माण गर्नका लागि घर–जग्गाधनीले टहरा हटाउन आग्रह गरेको नगरप्रमुख पदम बडुवालले बताउनुभयो । 

उहाँले बस्ती विकास शहरी योजना तथा भवन निर्माण सम्बन्धीको आधारभूत मापदण्ड २०७२ अनुसार सडक विस्तार गर्ने भएकाले सरकारी तथा ऐलानी जग्गा अतिक्रमण हटाउनुपर्ने बताउँदै ३० दिनभित्र नहटाइए नगरपालिकाले आफैं नियमानुसार हटाइने प्रक्रिया अगाडी बढाउने विचार व्यक्त गर्नुभयो । 

सडक विकासका लागि नगरपालिकाले यो वर्ष रु चार करोडभन्दा बढी रकम विनियोजन गरिएको छ ।    रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई