2026-09-15 07:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

नेपालमा नयाँ ढगंले राजनैतिक शुरुवात हने छ : प्रचण्ड

इमरान खान। असोज ६, कपिलवस्तु। कपिलवस्तु जिललाको कृष्णनगरमा आयोजित माओवादी केन्द्रको बिशाल जन सभा तथा पार्टी प्रबेश कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष पुष्पकमल दहालले सभालाई हिन्दीमा सम्बोधन गरि मधेशी जनताको मनमा भित्र माओबादी प्रतिको नकारात्मक सोचलाई हटाउने प्रयास गरेका थिए । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारको चाबी आफूसँग रहेको बताएका छन । कपिलवस्तुको कृष्णनगरमा बिहीबार आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै प्रचण्डले शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्य पनि माओवादी केन्द्रकै हातमा रहेको बताए । 

माओवादी केन्द्रको लामो समयको संघर्षले संविधानसभाबाट संविधान प्राप्त भएको भन्दै उनले त्यसको कार्यान्वयनमा पनि आफूहरुले नै सबैभन्दा धेरै भूमिका खेलेको बताए । प्रचण्डले माओवादी केन्द्रले नै माओवादिको उपहार, गाउँगाउँ घरघरमा सिंहदरबार भन्ने नाराका साथ महिला, दलित, मजदुर, मधेसी, पिछडा समुदायहरुलाई नेता बनाई सिंहदरवारको अधिकार गाउँगाउँ घरघर मा र्पुयाएको बताए । 

स्थानीय चुनावलाई बिथोल्न केही शक्ति लागिपरेको भएपनि त्यसलाई असफल पारेर शान्तिपूर्ण तरिकाले चुनाव सम्पन्न गराएको प्रचण्डले बताए । प्रदेश नम्बर २ मा सम्पन्न स्थानीय चुनावमा अन्य प्रदेशभन्दा उल्लेखनीय सहभागिता रहेको भन्दै उनले आउँदै गरेको प्रदेश र प्रतिनिधि सभा चुनावमा माओवादी केन्द्रलाई जिताउन सकेमा आर्थिक विकास र समृद्ध नेपाल बन्न कसैले रोक्न नसक्ने धारणा राखे । प्रचण्डले छिमेकी राष्ट्र भारत र चीनसँग सम्वन्ध सुमधुर रहेको हुँदा हुलाकी मार्ग, रेल मार्ग र नौमुरे परियोजनालाई कार्यान्वयन गरेर कपिलवस्तुलाई कृषिमा आत्मनिर्भर बनाउने विषयमा गृहकार्य भइरहेको जानकारी पनि गराएका थिए । कपिलवस्तुको कृष्णनगर नगरपलिका बजारलाई स्मार्ट सिटी बनाउने विषयमा शहरी विकास मन्त्रीसँग छलफल गर्ने प्रचण्ड ले स्पष्ट पार्नु भयो । अध्यक्ष पुष्पकमल दहालले सभालाई हिन्दीमा सम्बोधन गरि मधेशी जनताको मन भित्र माओबादी प्रतिको नकारात्मक सोचलाई हटाउने प्रयास गरेका थिए । प्रचण्डपुत्र प्रकाश दहाल लगायत मुस्लिम अगुवा तथा केन्द्रीय नेताहरुको उपस्थिति रहेको उक्त पार्टी प्रवेश क्रममा विभिन्न दलका हजारौ भन्दा बढी कार्यकर्ताहरु माओबादीमा प्रवेश गरेका थिए । 

भारतीय सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिदै नेपाल भारत सम्बन्ध बर्सौं पुरानो भएको कारण यसलाई विगार्न कसैले नसोचे हुन्छ , आउने समयमा भारतको बढनीदेखि काठमाडौंसम्म रेल सेवा शुरु गरिने पहल भईरहेको प्रमुख अतिथि पुष्पकमल दहालले बताउनु भएको छ  । अध्यक्ष पुष्पकमल दहाल प्रचण्डका अनुसार माओवादी पार्टी मधेशी जनताको हितमा क्रान्ति गरेको पहिलो एकमात्र पार्टी हो । सभालाई सम्बोधन गर्दै मंसिर ११ र २१ गते हुने प्रदेशिक तथा प्रतिनिधि चुनावमा माओवादी केन्द्रलाई अत्यधिक मतले जिताउन सर्वसाधारणलाई आग्रह पनि गरेका थिए ।

सभामा नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा लगायत मधेसी दल परित्याग गरेकाहरुलाई प्रचण्डले माओवादी केन्द्रमा प्रवेश गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ