2026-06-28 02:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको मेलौलीमा आजदेखि प्रथम मेलौली कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव सञ्चालन हुने

वैशाख ३, बैतडी । बैतडीको मेलौलीमा आजदेखि प्रथम मेलौली कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव सञ्चालन हुने भएको छ । यसअघि सोमबारदेखि हुने भनिएको महोत्सव एक दिनका लागि स्थगन भएको थियो । महोत्सवको सम्पूर्ण तयारी नपुगेकाले महोत्सव एक दिनपछि सञ्चालन हुनलागेकोे मेलौली सूचना तथा सञ्चार समूहका कोषाध्यक्ष लक्ष्मण विकले जानकारी दिनुभयो ।

‘सुन्दर सुदूरपश्चिमको सौन्दर्य हाम्रो सान, कृषि पर्यटन र संस्कृतिको विकास गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मेलौली सूचना तथा सञ्चार समूह र मेलौली नगरपालिकाको आयोजनामा महोत्सव सञ्चालन हुनलागेको हो । 

स्थानीय भाषा, कला, संस्कृतिको जर्गेना गर्न र कृषि पर्यटन क्षेत्रको विकासका लागि महोत्सव आयोजना गरिएको जनाएको छ । शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाको समन्वयमा सञ्चालन हुने महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने भएको छ । महोत्सवमा बाल उद्यान, कृषि प्रदर्शनी, मौतका कुवा, जादुघर र सुदूरपश्चिमको मौलिक संस्कृति झल्काउने विभिन्न प्रस्तुति प्रस्तुत गरिनेछ ।  मेलौली भगवती मन्दिरको प्राङ्गणमा महोत्सव सञ्चालन हुनेछ ।   

मदन भण्डारी फाउण्डेशन गठन

बैतडीमा मदन भण्डारी फाउण्डेशनको जिल्ला कमिटी गठन गरिएको छ । चक्र कार्कीको अध्यक्षतामा गठन गरिएको २७ सदस्यीय कमिटीको सचिवमा सन्तोषप्रकाश जोशी, कोषाध्यक्षमा सरस्वती नेपाली तथा अन्य सदस्यहरु रहेका छन् ।

फाउण्डेसनले आगामी दिनमा स्व नेता मदन भण्डारीका विचार गाउँगाउँसम्म पु¥याउने तथा अन्य विभिन्न कार्यक्रम गर्ने बताइएको छ । फाउण्डेशनको जिल्ला कमिटीले आगामी जेठ ३ गते स्व नेता भण्डारीको स्मृति दिवसको अवसरमा भलिबल प्रतियोगिता गरी दिवस भव्यताका साथ मनाउने निर्णय गरेको कमिटीका कोषाध्यक्ष सरस्वती नेपालीले बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी