पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>जेठ १६, रुपन्देही । </b> आज दिउँसो नवलपरासीको देवचुलीमा बस र ट्रक एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा २१ जना भन्दा बढी घाईते भएका छन् ।</p><p>उक्त दुर्घटनामा परि गम्भिर घाइते २ जना महिलाको उपचारको क्रममा मेडिकल कलेज भरतपुरमा मृत्यु भएको छ । मृतकहरुको सनाखत भएको छैन ।</p><p>प्रहरीका अनुसार चितवन मेडिकल कलेजमा ७ जना र मनकामना अस्पतालमा १३ जनाको उपचार भइरहेको छ । देवचुली नगरपालिकाको राजमार्गमा पर्ने हमालचोक नजिकै ना ४ ख ५२९५ नम्बरको बसर र ना २ ख ४८९० नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए । <br></p>

