2026-09-13 09:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा आँखा पाक्ने रोगको महामारी

जेठ १७, डोटी । जिल्लामा पछिल्लो समय एकाएक गर्मी बढेसँगै आँखा पाक्ने रोगको महामारी फैलिएको छ । शुरुशुरुमा आँखा चिलाउने तथा पछि गएर आँखा रातो हुने र आँखाबाट पानी बग्ने यसको प्रमुख लक्षण भएको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका डा निशान्त ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्मी र दूषित हावापानीका कारण यो रोग सर्छ, त्यति आत्तिनु पर्दैन ।”

जिल्ला अस्पताल डोटीका अनुसार गर्मीका कारण आँखा पाक्ने बिरामीको सङ्ख्या अस्पतालमा दिनहुँ एक दजर्न बढी पुग्ने गरेको छ । यतिमात्र नभई यहाँका निजी मेडिकल तथा क्लिनिकमा पनि आँखा पाक्ने बिरामीको दैनिक भीड लाग्ने गरेको छ । दिपायल राजपुरस्थित पाण्डेय मेडिकलका हरिस पाण्डेयका अनुसार आँखा पाक्ने रोगबाट सबैभन्दा बढी स्कूले केटाकेटी तथा वृद्धवृद्धा पीडित बनेका छन् । यहाँका ग्रामीण क्षेत्रमा समेत यो रोगले विगत केही दिनयतादेखि विकराल रूप लिएको केआईसिंह गाउँपालिका–२ वासुदेवीका स्थानीयवासी शेरबहादुर ऐरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “केही दिनयतादेखि गाउँमा आँखा पाक्ने रोग शुरु भएको छ, आँखा पाक्न थालेपछि विद्यार्थीको स्कूल जानसमेत बन्द भएको छ ।” जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुगमन तथा मूल्याङ्कन अधिकृत टेकराज ओझाका अनुसार फोहर, धुलो धुवासँगै ‘व्याक्टेरिया’ तथा व्यक्तिगत स्वास्थ्य कमजोर भएका कारण आँखाको रोग एकअर्कामा सर्ने बढी सम्भावना हुने गरेको छ । सधैँ सफा र चिसोपानीले आँखा, मुख धुने तथा चर्को गर्मीमा नहिँड्ने तथा हिँड्नै परे चश्माको प्रयोग गरे यो रोग एकअर्कामा सर्ने सम्भावना कम हुनेसमेत अधिकृत ओझाले बताउनुभयो ।

 त्यसैगरी गर्मी बढेसँगै दिपालयको प्रमुख व्यापारिक केन्द्र पिपल्ला बजार पनि दुर्गन्धित बनेको छ । जिल्लामा दिउँसोको समयमा तापक्रम ३० देखि ३५ डिग्री सेल्सियससम्म पुग्ने गरेको मौसम पूर्वानुमान शाखा दिपायलले जनाएको छ । गर्मीयामसँगै बजारमा खुला तथा छाडारूपमा छोडिएका चौपायाले गर्ने फोहरका कारण यो समस्या झन बढेको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका अहेव लोकेन्द्र बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “फोहर व्यवस्थापनका लागि सरोकारवाला निकायको ध्यान जानु आवश्यक छ ।” विद्यार्थीमा आँखा पाक्ने रोग फैलिन थालेपछि स्कूलको पढाइसमेत प्रभावित बन्न थालेको दिपायलस्थित दिल्पेश्वर माविका शिक्षक गोविन्दराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीमा आँखा पाक्ने रोग फैलिन थालेका कारण अरु विद्यार्थीमा सर्ने डरका कारण विद्यालयको पढाइसमेत दिनहुँ प्रभावित बन्न थालेको छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले