रमित बि.क./साउन ८, बाजुरा । बाजुराको उत्तरी भेगमा पर्ने पाण्डुसैन गाविस ९ की एक सुत्केरी महिलाको मृत्यु भएको छ । 

सोही गाविस ९ बस्ने मान बहादुर ओलीकी  श्रीमती २२ वर्षकी टिका थापा (ओली) को मृत्यु भएको आफन्तले जनाएका छन् । पाण्डु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रमित बि.क./साउन ८, बाजुरा । बाजुराको उत्तरी भेगमा पर्ने पाण्डुसैन गाविस ९ की एक सुत्केरी महिलाको मृत्यु भएको छ । 

सोही गाविस ९ बस्ने मान बहादुर ओलीकी  श्रीमती २२ वर्षकी टिका थापा (ओली) को मृत्यु भएको आफन्तले जनाएका छन् । पाण्डु"/>

2026-06-27 01:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

डाक्टरको लापरबाहीले बाजुरामा सुत्केरीको ज्यान गयो

रमित बि.क./साउन ८, बाजुरा । बाजुराको उत्तरी भेगमा पर्ने पाण्डुसैन गाविस ९ की एक सुत्केरी महिलाको मृत्यु भएको छ । 

सोही गाविस ९ बस्ने मान बहादुर ओलीकी  श्रीमती २२ वर्षकी टिका थापा (ओली) को मृत्यु भएको आफन्तले जनाएका छन् । पाण्डुसैनबाट १ दिनको पैदल यात्रामा सुत्केरी गराउनका लागि बोकेर ल्याएकी थापाको मृत्यु भएको उनका आफन्त गणेश थापाले बताएका छन् । 

सुत्केरी व्यथा लागेको दिन जिल्ला स्वास्थ्य कार्यालयमा ल्याइएको थियो । आकस्मिक प्रसुती केन्द्रमा काम गदै आएका डाक्टर राजन न्यौपानेले शरिरमा रगतको कमि भएको थाहा भएको भए पनि कुनै वास्ता नगरी गर्भवती महिलाको अप्रेसन गरी बच्चा निकालीएको आफन्तको आरोप लगाएका छन्  । 

मृत्युको मुखमा पुगेकी थापाको अप्रेसन पछि डाक्टर न्यौपानेले पिसाव रोकिएको भन्दै बाजुराबाट नेपालगञ्जमा रहेको कोहलपुर मेडिकलमा रिफर गरेको उनले बताएका छन् । रिफर पछि नेपालगंज कोहलपुर मेडिकलमा ९ दिनपछि उनको स्वास्थ्यमा सुधार नआएपछि काठमाण्डौमा रिफर गरिएको थियो । 

सुत्केरी गराउँदा कुनै चेकजाँच नगरी मनोमानी ढंगले उनको अप्रेसन गरेको पिडितको गुनासो छ् । उनको स्वास्थ्यमा रहेका दुवै मृगौलाले काम गर्न छाडेको र सुत्केरी महिला दिर्घ रोगी भएको भन्दै डक्टर न्यौपानेले अप्रेसन गरेको श्रीमान मान बहादुर ओलीले बताउनु  भएको छ  । 

डाक्टर न्यौपानेले मुखले एक भनेको र काम गर्दा अर्कै गरेको ओलीले भनाई छ । असार १७ गते अप्रेसन गरी बच्चा पाएको । असार १८ गते पिसाव रोकिएको भन्दै रिफर गरिएको ओलीको भनाइ छ । पिडित ओलीका अनुसार नेपालगञ्जमा उपचार गराउदा दिर्घ रोगी नभएको र शरिरका दुबै मृगौलाले काम गरि रहेको कोहलपुर मेडिकलले जनाएको छ । डाक्टर न्यौपानेको लापरबाहीका कारणले मृत्यु भएको भन्दै नेपाल मेडिकल काउन्सिलमा मुद्धा दर्ता गरेको बताएका छन् । 

दोषीलाइ कारबाही र छानविन  गरी नेपाल काउन्सिल प्रमाण पत्र खारेजीका लागि  दर्ता गराएको बताईएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख डाक्टर मोहन नाथले कोहलपुर मेडिकल अस्पतालबाट नै दिर्घ मृगौला रोगी भएको जानकारी आएको बताउनु भयो । 

अप्रेसन गर्दा कुनै समस्या नभएको उहाँले बताउनु भयो । उनको मृत्यु के कसरी भयो यो बारेमा आफुलाइ कुनै जानकारी नभएको र डाक्टर न्यौपानेको त्यस्तो कुनै   गल्ती देखिदैन ।  तर आफन्त गणेश थापाले भने निमोनिया भएका कारणले मृत्यु भएको अन्तिम रिपोर्टमा लेखिएको बताउनु भयो । 

यस घटना बारे जिल्ला प्रशासन कार्यालय बाजुराले पनि चांसो देखाएको छ । घटना विवरण बुझ्न प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले डाक्टर न्यौपानेलाई बोलाएर सो बारे जानकारी लिनुभएको छ । मृतककी २ महिनाकी छोरी साहाराबिहिन भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट