Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

सुदुरपश्चिममा टेलिकमबाट एफटिटिएच सेवा सुरु

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार २५, डोटी |</b> नेपाल टेलिकमले एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने फाइबर टु द होम (एफटिटिएच) सेवाको आजदेखि यहाँ शुभारम्भ गरेको छ । यसअघि सो सेवा काठमाडौँमा मात्रै सञ्चालन गरिएको थियो ।&nbsp;<br></p><p>टेलिकमका सुदूरपश्चिम प्रदेशका क्षेत्रीय निर्देशक नामाकर न्यौपानेले आज पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरस्थित कार्यालयमा एफटिटिएच प्रविधिमार्फत सञ्चालित टेलिफोनबाट कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई केन्द्रमा फोन गरेर सो सेवाको शुभारम्भ गर्नुभएको थियो ।</p><p>टेलिकमले एफटिटिएचअन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेज उपलब्ध गराइरहेको छ । सोअन्तर्गत न्यूनतम एक वर्षका लागि आठ एमबिपिएसको प्याकमा रु आठ हजार&nbsp; शुल्क लाग्ने भएको छ । हाल एफटिटिएच प्याकेजअन्तर्गत नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाइ राउटर (सिपिई) र एक सय मिटर फाइबर निःशुल्क प्राप्त गर्ने योजना रहेको&nbsp; टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “ यो इन्टरनेट अरु सेवाभन्दा राम्रो र छिटो भएकाले सबैले यो प्रविधि जडान गर्न आवश्यक&nbsp; छ ।” रासस</p>