2026-09-18 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

भोटखोला पन्ध्रदिनदेखि सञ्चारविहीन

भविन कार्की । साउन १६, किमाथाङ्का । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा १५ दिनदेखि सञ्चार सेवा अवरुद्ध भएको छ । भोटखोला–२ र ४ वडाको सिमानाको माक्पालुङ रहेको नेपाल टेलिकमको टावरमा खराबी आएर  सेवा अवरुद्ध भएको दूरसञ्चार शाखा कार्यालय खाँदबारीका सूचना अधिकारी चित्र मोक्तानले जानकारी दिनुभयो । 

टेलिफोन सेवा अवरुद्ध हुँदा १५ दिनदेखि गाउँपालिका नै सञ्चारविहीन बनेको छ । उच्च हिमाली क्षेत्रमा हावाहुरी र चट्याङ पर्ने भएका कारण टावरमा समस्या आउने गरेको उहाँले बताउनुभयो । अवरुद्ध टेलिफोन कहिले सञ्चालन हुन्छ भन्ने यकिन भइनसकेको उहाँको भनाइ छ ।  

अवरुद्ध हुँदा गाउँबाट टाढा रहेका आफन्तसँग सम्पर्क हुन नसकेको भोटखोला–३ हटियाका स्थानीय सुवास भोटेले गुनासो गर्नुभयो । पन्ध्र दिन बित्दासमेत सरोकारवाला निकाय चासो नदेखाउँदा सञ्चार सेवाबाट बञ्चित हुनुपरेको भोटखोला–२ च्याम्ताङका आङजुङ भोटेले बताउनुभयो । भोटखोलाको हटिया, च्याम्ताङ, चेपुवा, लिङगम, छुम्सुर, रिदाकलगायत दर्जनौँ गाउँका बासिन्दा सञ्चार सेवाबाट बञ्चित हुनुपरेको छ । टेलिफोन सेवा घामसँगै अस्ताउने गरेका छन् । विद्युत् विस्तार नभएका दुर्गम भोटखोलाको टेलिफोन सेवा घाम अस्ताएसँगै बन्द हुने गरेको हो । दुर्गम गाउँमा विटिएस टावर अझै सोलारपावरको भरमा चल्ने गरेको छ । 

मोबाइल प्रयोग गर्ने भोटखोलाका नागरिकले मौसमको भरमा सेवा पाउने गरेका छन् ।  जाडोको समय र बर्खायाममा दिनभर घाम लागेन भने सोलारमा चार्च नभएका कारण टेलिफोन सेवा बन्द हुने गरेको छ । टेलिफोन सेवा लिन बेलुकी घाम अस्ताएपछि बिहान ९ बजेसम्म पर्खनुपर्ने हुन्छ । त्यति मात्र होइन कहिलेकाहीँ त दुई÷चार दिनसम्म पनि मौसम खराब हुने गर्दछ । जिल्लाका छ स्थानका बिटिएस टावर सोलरपावरको भरमा मात्र सञ्चालन हुन्छन् । चिचिलाको छ्याङकुटी, मकालुको भाटभोटेनी, भोटखोलाको बाक्ले, माक्पालुङ र सिलिचुङ गाउँपालिकालगायतमा स्थानमा सोलारपावरको भरमा बिटिएस प्रणालीमार्फत मोबाइल नेटवर्क सञ्चालन गरिँदै आएको छ ।

त्यसैगरी  टेलिकम सङ्खुवासभामार्फत नै भोजपुरको साल्पासिलिछो गाउँपालिकाको कुलुङमा पनि सोलारकै भरमा बिटिसमार्फत मोबाइल सेवा प्रदान गरिरहेको छ । त्यस्तै सभापोखरी गाउँपालिकामा समेत चार महिनादेखि टेलिफान सेवा अवरुद्ध भएको छ । सभापोखरीको स्वाचीमा राखिएको टावरमा समस्या आएपछि सेवा अवरुद्ध भएको हो । अवरुद्ध टेलिफोन सेवा सञ्चालन गर्न पटक–पटक जानकारी गराउँदा पनि सुनुवाइ नभएको स्थानीय सभापोखरी–६ का स्थानीय छत्रबहादुर गुरुङले दुखेसो पोख्नुभयो । 

इन्टरनेट सेवा पनि अवरुद्ध 

सङ्खुवासभा जिल्लाका अधिकांश स्थानमा पाँच दिनदेखि नेपाल टेलिकमको एडिएसएल इन्टरनेट सेवा अवरुद्ध भएको छ । जिल्ला  सदरमुकाम खाँदबारी, चैनपुर, मादी र पाँचखपनलयायतका स्थानमा पाँच दिनदेखि इन्टरनेट सेवा अवरुद्ध भएको छ । तेह्रथुमको वन्सन्तपुर र मुढे बीचको स्थानमा फाइवरमा समस्या आएपछि इन्टरनेट सेवा अवरुद्ध भएको दूरसञ्चार कार्यालय खाँदबारीले जनाएको छ । 

आइतबारदेखि अवरुद्ध भएको इन्टरनेट सेवा सञ्चालन गर्न अझै केही दिन लाग्ने दूरसञ्चार शाखा कार्यालयका सूचना अधिकारी  मोक्तानले बताउनुभयो । अहिले सदरमुकाम खाँदबारीमा निजी क्षेत्रका सेवा प्रदायक कम्पनीले मात्र इन्टरनेट सेवा प्रदान गरिहेका छन् । बुधबारबाट सदरमुकाम खाँदबारीको टेलिफोन सेवासमेत अवरुद्ध भएको छ । अवरुद्ध भएको सञ्चार सेवा कहिले सञ्चालन हुन्छ भन्न अझै अन्योल भएको उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई