भदौ १४, लहान । सिरहा अस्पताल सहित जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा औषधिको चरम अभाव भएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालयमा रहेको भण्डारमा सकिएको जनाउँदै स्वास्थ्य संस्थालाई लामो समयदेखि औषधि उपलब्ध गराइएको छैन । कार्यालयसँगै टाँसिएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, लहान । सिरहा अस्पताल सहित जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा औषधिको चरम अभाव भएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालयमा रहेको भण्डारमा सकिएको जनाउँदै स्वास्थ्य संस्थालाई लामो समयदेखि औषधि उपलब्ध गराइएको छैन । कार्यालयसँगै टाँसिएको"/>

2026-07-24 09:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सिराहा - SRH

सिरहाको स्वास्थ्य संस्थामा औषधि अभाव

भदौ १४, लहान । सिरहा अस्पताल सहित जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा औषधिको चरम अभाव भएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालयमा रहेको भण्डारमा सकिएको जनाउँदै स्वास्थ्य संस्थालाई लामो समयदेखि औषधि उपलब्ध गराइएको छैन । कार्यालयसँगै टाँसिएको जिल्ला अस्पतालमा थोरै सङ्ख्यामा सिटामोल बाहेक अन्य कुनै औषधि नरहेको अस्पतालले जनाएको छ । सरकारले अस्पतालबाट ७० प्रकारका र प्राथमिक स्वास्थ्य केन्द्र तथा उपस्वास्थ्य चौकीबाट ४० प्रकारको औषधि निःशुल्क उपलब्ध गराउने भनिए पनि अधिकांश स्वास्थ्य संस्थामा औषधिको अभाव भएको छ । 

जिल्लाका कतिपय स्वास्थ्य संस्थामा केवल सिटामोल मात्र छ भने कतिपयमा त्यो पनि सकिएको छ । जिल्लामा एउटा जिल्ला अस्पताल, चार प्राथमिक स्वास्थ्य केन्द्र र १०४ उपस्वास्थ्य चौकी छन् । ती सबै स्वास्थ्य संस्थामा औषधिको अभाव भएपछि बिरामी बाहिरको निजी क्लिनिकबाट औषधि खरिद गर्न बाध्य छन् । 

गत पुस र माघयता कार्यालयले औषधि नपठाएकाले औषधिको आभाव भएको स्वास्थ्य संस्थाका प्रमुखले बताएका छन् । यता जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले स्वास्थ्य सेवा विभागबाट लामो समयदेखि औषधि नपठाएकाले जिल्लामा औषधिको आभाव भएको जनाएको छ । 

जनस्वास्थ्य कार्यालयका भण्डार शाखा प्रमुख कामेश्वर रोहिताका अनुसार गत आव २०७२/७३ मा औषधि सेवा विभागबाट तीन पटकमा तीन ट्रक मात्र औषधि पठाइएकाले औषधिको आभाव भएको हो । औषधिको अभाव भएको र पठाइदिन विभागमा पटक पटक ताकेदा गर्दा समेत चालु आव ७३/७४ मा हालसम्म कुनै औषधि नआएकाले स्वास्थ्य संस्थालाई औषधि उपलब्ध गराउन नसकिएको रोहिताले बताउनुभयो । 

कार्यालयको भण्डारमा अहिले सिटामोल ४० हजार र जीवनजल सात हजार थान मात्र मौज्दात रहेको जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक