2026-09-16 04:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

हात्तीको झुन्डबाट बालीनालीमा क्षति पुगेका कञ्चनपुरका किसानलाई क्षतिपूर्ति

असोज ९, कञ्चनपुर । वन कार्यालय कञ्चनपुरले जङ्गली हात्तीको झुन्डबाट बालीनालीमा क्षति पुगेका किसानलाई क्षतिपूर्ति उपलब्ध गराएको छ । 

गत वर्ष हात्तीले बालीनालीमा क्षति पुर्याएका त्रिभुवनबस्ती, परासन, रैकवार विचवा र वाइसेविचवाका किसानलाई क्षतिपूर्ति रकम उपलब्ध गराएको हो । पहिलो चरणमा ८४ र दोस्रोचरणमा ६५ जनालाई क्षतिको मूल्याङ्कनका आधारमा रु पाँच हजार र रु १० हजारका दरले यस वर्ष क्षतिपूर्ति रकम उपलब्ध गराएको वन कार्यालयका प्रमुख शिवप्रसाद शर्माले बताउनुभयो । 

“हालसम्म रु सात लाख रकम हात्तीले क्षति पुर्याएका किसानलाई क्षतिपूर्तिबापत उपलब्ध गराएका छौँ” – उहाँले भन्नुभयो । 

पीडित किसानको निवेदन, कृषि विकास कार्यालयले मूल्याङ्कन गरेको क्षतिको विवरण, लालपुर्जा, नागरिकता, प्रहरीको मुचुल्काका आधारमा क्षतिपूर्तिका लागि क्षेत्रीय वन निर्देशनालयमा सिफारिस गरी रकम उपलब्ध गराउने व्यवस्था रहेको उहाँले बताउनुभयो । 

हात्तीको झुन्डले विशेष गरी धान फल्ने बेला, उखु उत्पादन हुने बेला र गहुँ पाक्ने बेला यहाँ बढी क्षति पुर्याउने गरेको छ । 

भारतीय दुधुवा नेसनलपार्कबाट छिर्ने जङ्गली हात्तीको झुन्डले यहाँका पुनर्वास नगरपालिका, दोधारा चाँदनी नगरपालिका, बाइसे विचवा, रैकवार विचवा, शङ्करपुर, देखतभूली र कृष्णपुर नगरपालिका क्षेत्रमा बढी क्षति पुर्याउने गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु