असोज १० पर्वत । पातिचौरमा संचालन भएको एक हप्ते     सहकारी तालिम सम्पन्न भएको छ । डिभिजन सहकारी कार्यालय बाग्लुङको आर्थिक सहयोग तथा संजिविनी बहुउद्देश्यीय     सहकारीको व्यवस्थापनमा संचालन भएको एक हप्ते     सहकार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
असोज १० पर्वत । पातिचौरमा संचालन भएको एक हप्ते     सहकारी तालिम सम्पन्न भएको छ । डिभिजन सहकारी कार्यालय बाग्लुङको आर्थिक सहयोग तथा संजिविनी बहुउद्देश्यीय     सहकारीको व्यवस्थापनमा संचालन भएको एक हप्ते     सहकार"/>
2026-06-19 06:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

एक हप्ते आधारभूत सहकारी तालिम सम्पन्न

2016-09-26


असोज १० पर्वत । पातिचौरमा संचालन भएको एक हप्ते     सहकारी तालिम सम्पन्न भएको छ । डिभिजन सहकारी कार्यालय बाग्लुङको आर्थिक सहयोग तथा संजिविनी बहुउद्देश्यीय     सहकारीको व्यवस्थापनमा संचालन भएको एक हप्ते     सहकारी व्यवस्थापन तालिम आइतबार सम्पन्न भएको हो ।
     उक्त तालिममा आधारभूत सहकारी व्यवस्थापन सम्बन्धी सहकारी संचालकहरुलाई तालिम दिइएको थियो । तालिमबाट निकै राम्रो ज्ञान पाएको सहभागीहरुले बताए । सहकारीहरुले आधाभूत सहकारी व्यवस्थापन गर्न नसकेका कारण धेरै सहकारी संघसंस्थाहरु सर्वसाधरणको पहुँचमा पुग्न नसकेको सहभागीहरुले बताए । यता तालिम समयसमयमा गर्नुपर्ने सहभागीको भनाई थियो । कार्यक्रममा सहकारी निरिक्षक शोभकान्त शर्मा, प्रशिक्षार्थी मिना केसी, राजेन्द्र खड्का, याम बहादुर केसी लगाएतले बोलेका थिए ।  संजिविनी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सागर जिसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सहकारी निरिक्षक श्रीराम शर्माले गरेका थिए । उक्त तालिममा चुवा, बाजुङ, देउपुर, देउराली, भुकताङ्गलmे तिलाहार र राम्जा देउरालीका २० सहकारीका २५ जना सहभागी थिए । यसैविच संविनी बहुउद्देश्यीय सहकारी संस्थाको बार्षिक २ करोड बराबरको कारोबार हुने संस्थाका अध्यक्ष सागर जिसीले बताए  ।२७ जना शेयर सदस्यबाट संचालन भएको उक्त सहकारीको अहिले शेयर सदस्य १ सय ५९, साधरण सदस्य १ सय ७० रहेको उनले जानकारी दिए । २७ हजारबाट शुरु भएको संस्थाको हाल ५६ लाख शेयर पुर्जी पुगेको जिसीको तर्क छ । संस्थाले दलित, अपाङ्गता, एकल महिला, असाय, अल्पसंख्यक, जेष्ठ नागरिकलाई विशेष प्रथामिकता दिएको बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ