असोज ११ पर्वत । जिल्ला कृषि विकास कार्यालय पर्वतले आफ्नो कार्यालयको आन्तरिक बजेटको बाँडफाँड गरेको छ । कृषि कार्यालयको कुल बजेट ८ करोड २३ लाख  ११ हजार रहेको छ ।
कार्यालयको बजेटको आन्तरिक बाँडफाँड रकम भने कुल ३ करोड ८६ लाख १४ हजार छ । योमध्ये कार्यालयले चालु तर्फ ३ क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ११ पर्वत । जिल्ला कृषि विकास कार्यालय पर्वतले आफ्नो कार्यालयको आन्तरिक बजेटको बाँडफाँड गरेको छ । कृषि कार्यालयको कुल बजेट ८ करोड २३ लाख  ११ हजार रहेको छ ।
कार्यालयको बजेटको आन्तरिक बाँडफाँड रकम भने कुल ३ करोड ८६ लाख १४ हजार छ । योमध्ये कार्यालयले चालु तर्फ ३ क"/>
2026-09-16 04:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कृषि कार्यालयको आव ०७३।७४ को बजेट बाँडफाँड

असोज ११ पर्वत । जिल्ला कृषि विकास कार्यालय पर्वतले आफ्नो कार्यालयको आन्तरिक बजेटको बाँडफाँड गरेको छ । कृषि कार्यालयको कुल बजेट ८ करोड २३ लाख  ११ हजार रहेको छ ।
कार्यालयको बजेटको आन्तरिक बाँडफाँड रकम भने कुल ३ करोड ८६ लाख १४ हजार छ । योमध्ये कार्यालयले चालु तर्फ ३ करोड ५१ हजार १ सय ३८ र पुँजीगत तर्फ ३४ लाख ७६ हजार बाँडफाँड गरेको हो । चालु बजेट तर्फ  तलब, स्थानीय भत्ता, महङगी भत्ता फिल्ड भत्ताको लागि १ करोड २७ लाख  ३४ हजार, पानी, विजुली, संचार महसुल, भाडा, इन्धन, मर्मत सम्भार तथा अन्य सेवाको लागि ३ लाख ९४ हजार ३ सय, तालिम शिप विकास, जनचेतना कार्यक्रम खर्च, अनुगमन मुल्याङकन तर्फ १ करोड ८४ लाख ६१ हजार विनियोजन गरेको छ । त्यसैगरी पुँजीगत तर्फ भवन निर्माण, फर्निचर तथा मेशिनरी औजारको लागि ३४ लाख  ७६ हजार विनियोजन गरेको छ ।
कार्यालयले सुन्तलाजात फलफुल विकास आयोजनाको लागि चालु तर्फ १५ लाख ३५ हजार र पुँजी तर्फ ७ लाख ७५ हजार विनियोजन गरेको छ जसबाट २५० कार्यक्रम हुनेछन् । त्यस्तै व्यवसायिक तरकारी उत्पादन तथा विउ विजन आत्मनिर्भर आयोजनाको लागि चालुतर्फ २५ लाख ८२ हजार विनियोजन गरेको छ जसबाट ९ सय ४५ वटा कार्यक्रम संचालन हुनेछन् । व्यवसायी मकै तथा विउ उत्पादनको लागि चालुमा २ लाख ४० हजार र पुजीगत तर्फ १६ लाख विनियोजन भएको छ जसले ५ सय ३५ कार्यक्रम गर्नेछ ।
कृषि प्रविधि विस्तार सेवा टेवा आयोजनामा रकम विनियोजन भएको छैन । खाद्यान्न दलहन तथा तेलबाली उत्पादन कार्यक्रम, मौरी तथा च्याउ विकास लगायतका कार्यक्रमहरु कार्यालयले आवको कार्यक्रममा राखेको छ । त्यस्तै आयोजनागत कार्यक्रम अन्तरगत व्यावसायिक बगैचा स्थापना (सुन्तला, जुनार, कागती), मौरीगोला वितरण, पोष्ट हार्भेन्ट उपकरण वितरण, जिल्ला स्तरीय कृषक तालिम, स्थलगत कृषि तालिम, बाली प्रतियोगिता, तरकारी नर्सरी व्यवस्थापन, लगायतका ४९ वटा कार्यक्रमहरु रहेका छन् ।
कार्यालयको केन्द्रिय कार्यक्रम अन्तरगत दिर्घकालीन कृषि योजना अनुगमन तथा समन्वय कार्यक्रम, बागवानी विकास कार्यक्रम (सुन्तला बगैचा सुदृढीकरण), एकिकृत जलस्रोत व्यवस्थापन आयोजना, राष्ट्रिय पुर्ननिर्माण कोष, सहकारी खेती, साना सिचाई तथा मल वीउ ढुवानी कार्यक्रम, विशेष कृषि उत्पादन कार्यक्रम र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना गरी ४ करोड ३६ लाख ९७ हजार रहेको छ । कार्यालयको कुल कार्यक्रम खर्च ६ करोड २१ लाख ५८ हजार  छ भने कुल बजेट ८ करोड २३ लाख  ११ हजार रहेको छ ।
कृषि विकास कार्यालयको आवको बजेट बाँडफाँड कार्यक्रममा प्रतिबेदन प्रस्तुत गर्दै बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जिल्लाको विकासको लागि धौलागिरीमै सवैभन्दा बढी कृषि बजेट पर्वत जिल्लामा विनियोजन भएको बताए । उनले जिल्लामा झण्डै १२ हजार मेक्ट्रिक टन चामल बार्षिक रुपमा भित्रिने गरेका कारण त्यसलाई रोक्नको लागि पकेट क्षेत्रको रुपमा जिल्लालाई विभाजन गरी कार्यक्रम लागू गर्ने बताए । उनले जिल्लाको खेतीयोग्य जमिन बाँझो रहेका कारण त्यसलाई प्रयोगमा ल्याउनको लागि सरोकारवाला निकायले आवश्यक कदम चाल्न आवश्यक रहेको समेत औलाए । साथै अब जिल्लामै माटो परिक्षणको सुविधा हुने भएकोले अन्यत्र जानु नपर्ने अधिकृत रेग्मीले बताए । माटो परिक्षणको लागि परेको समस्या अब चाँडै नै हल हुने उनको तर्क छ । एक गाउँ एक जेटिए कार्यक्रम अन्तरगत जिल्लामा ७ गाविसमा जेटिए परिचालन भएको र अब केहि समयको अन्तरालमा १४ थप हुने समेत उनले बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी, स्थानीय विकास अधिकारी युवराज पौडेल, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, अगुवा कृषकहरु, विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको सहभागीता थियो ।  
 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु