असोज ११, बझाङ । दैनिक तीन घन्टाको पैदल बाटो हिँडेर सदरमुकाम चैनपुर आउनु भएकी जयपृथ्वी नगरपालिका–९ की हिरादेवी खड्काले काँक्रबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ ।&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ११, बझाङ । दैनिक तीन घन्टाको पैदल बाटो हिँडेर सदरमुकाम चैनपुर आउनु भएकी जयपृथ्वी नगरपालिका–९ की हिरादेवी खड्काले काँक्रबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ ।&nbs"/>
2026-11-01 11:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बझाङमा काँक्राको मूल्य वृद्धि, मासुको घट्दै

असोज ११, बझाङ । दैनिक तीन घन्टाको पैदल बाटो हिँडेर सदरमुकाम चैनपुर आउनु भएकी जयपृथ्वी नगरपालिका–९ की हिरादेवी खड्काले काँक्रबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ । 

काँक्रा बेचेर दसैँको खर्च जुटाउन उहाँ चैनपुर आउनुभएको हो । उहाँले काँक्राबाट मासिक रु १५ हजार आम्दानी गर्नुभएको छ । “घरमा कमाइ गर्ने कोही छैन छोराछोरी साना छन्, श्रीमान् पनि छैनन् । दसैँको समयमा काँक्रा बेचेको पैसाले लुगाफाटो किन्ने सोच छ,” उहाँले भन्नुभयो । 

काँक्रा बिक्री गरेर जय पृथ्वी नगरपालिका–७ को लाहुरे ओलीले रु २५ आम्दानी गर्नुभएको छ । उहाँले रु ६० देखि रु ८० मा प्रतिकिलो काँक्रा बिक्री गरिरहनुभएको छ । सोह्रश्राद्धको समय भएकाले अहिले बजारमा काँक्राको माग अत्यधिक छ । हिन्दू संस्कारअनुसार सोह्रश्राद्ध सुरु भएपछि पितृको पूजा गर्न काँक्रा राख्ने र काँक्राको तरकारी (राइतो) बनाई खाने चलन छ । 

सदरमुकाम चैनपुरमा दैनिक १० देखि १५ वटा खसी काट्दै आएको वीरबहादुर जाग्री अहिले दैनिक एउटा मात्र खसी काट्ने गरेको बताउनुहुन्छ । अहिले बजारमा खसीको मासुको मूल्य रु ५० ले घटेको छ । खसीको मासु रु ४०० मा बिक्री भइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द