2026-11-02 12:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

भारतबाट तरिकारी भित्रिँदा बारीमै सुक्यो किसानको तरकारी

जेठ २६,  तुलसीपुर | दाङको तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुरका राजेश डाँगी टन्टलापुर घामको प्रवाह नगरी आफ्नो खेतबारीमा पुग्नुहुन्छ । उहाँलाई गमीले गर्दा निस्केको पसिनाको कुनै प्रवाह छैन । पसिना पुछ्दै बारीमा पुग्दा पनि उहाँमा उत्साह छैन । उहाँले १७ कट्ठामा लगाएको बन्दा यस वर्ष काम नलाग्ने भयो । बिक्री नभएपछि बस्तुभाउलाई खुवाउनुपर्ने बाध्यता आयो । “१७ कट्ठामा लगाएको हुँ, एउटा पनि बिक्री भएन”, उहाँले भन्नुभयो, “अब गाई, बाख्रालाई खुवाउनुभन्दा विकल्प भएन ।” 

उहाँले यसरी खेती गर्न लागेको १० वर्षभन्दा बढी भयो । गएको वर्ष बन्दा राम्रै बिक्री भएको थियो । त्यही भएर पनि यस वर्ष हौसिएर उहाँले १७ कट्ठामा खेती गर्नुभएको हो । “गत वर्ष राम्रै माग भएको थियो, बिक्री पनि राम्रै भएको थियो”, उहाँले भन्नुभयो, “त्यही भएर मैले यस वर्ष धेरै क्षेत्रमा यो खेती गरेको हुँ ।” गएको वर्ष उहाँले १० कट्ठामा मात्रै बन्दा खेती गर्नुभएको थियो ।

भारतबाट आउने तरकारीले गर्दा यहाँको बन्दा बिक्री नभएको उहाँको गुनासो छ । “सबै भारतबाट आइहाल्छ”, उहाँले भन्नुभयो, “त्यसले गर्दा हामीले उत्पादन गरेको तरकारीले बजार पाउँदैन ।” त्यस्तै सोही ठाउँका किसान डम्बरकुमारी खत्रीको पनि बारीमा सुक्दै गरेको बन्दा देख्दा मन कुँडिन्छ । 

कृषि प्रधानदेशमा किसानले लगाएको तरकारी नै बिक्री नहुनुले मुलुक कता जाँदैछ भन्ने चिन्ताले पिरोल्ने गरेको उहाँ बताउनुहुन्छ । “कृषि प्रधान देश भन्छन्, हामीले लगाएको तरकारी बारीमै सुक्छ”, उहाँले भन्नुभयो, “तरकारी बिक्री नभए पनि नसुक्ने, नबिग्रिने गरेर राख्न मिल्ने र प्रशोधन गरी अचारजस्ता कुरा बनाउने गरी सरकारले व्यवस्था गर्नुपथ्र्यो ।” 

गत वर्ष व्यापारी बारीमा लिन आउने गरेको भए पनि यस वर्ष किन्नसमेत नमानेको उहाँको भनाइ छ । यस्तै भइरहेमा अर्को वर्ष खेती गर्ने कि नगर्ने भन्ने कुराले आफूलाई दोधारमा परेको उहाँको भनाइ छ । उहाँहरुजस्तै जिल्लामा बन्दा खेती गर्ने किसानको हालत त्यस्तै छ । रु पाँच किलोमा बिक्री गर्न खोज्दा पनि बिक्री नभएर गाईबस्तुलाई खुवाउनुपर्ने अवस्था आएको उहाँको भनाइ छ । खेती गर्दा रु एक डेढलाख लगानी भए पनि त्यो लगानी उठाउनसमेत हम्मे–हम्मे परेको उहाँले बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द