Skip to content
Friday, July 17, 2026 Nepali Online Media

डडेल्धुरा प्रहरीद्धारा मादक पदार्थ, जुवातास र लागु औषध सम्बन्धि जनचेतना मुलक अभियानलाई तिब्रता

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>ललित बोहरा, असोज १५ डडेल्धुरा – जिल्ला प्रहरी कार्यालय डडेल्धुराले मादक पदार्थ, जुवातास र लागु औषध दुव्र्यसनी सम्बन्धि जनचेतनामुलक अभियानलाई तिब्रता दिएको छ । चाडपर्व नजिकिए संगै बगरकोट गाबिसको प्राङ्गणमा पनि शनिबार यसबारे जनचेतनामूलक कार्यक्रम गरिएको छ । पछिल्लो समयमा यस्ता अपराधिक गतिबिधिका साथै कुलतमा लागेका युवा वर्गहरुलाई सचेत गराउने हेतुले अभियानलाई तिब्रता दिइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक प्रेम बहादुर शाहिले रेडियो अमरगढीलाई बताएका छन । प्रमूख जिल्ला अधिकारी उदय बहादुर सिंहको उपस्थितिमा सम्पन्न जनचेतना मूलक कार्यक्रममा ३ सय बढी नागरिकहरुको सहभागिता रहेको थियो ।</p><div><br></div>