2026-09-16 09:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सुगर मिल बिरुद्ध न्यायका लागि विरोध जुलुस (फोटो फिचर)

रबिन्द्र यादव/ असोज १६ नवलपरासी । प्रदुषण संघर्ष समिति नवलपरासीले गुठी परसौनी गाउ विकास समिति को पिपरपातीमा ईन्दिरा सुगर मिल एण्ड एग्रो इण्डष्टिज प्रा लि को विरुद्ध न्यायका लागि बैनर पम्पलेट लिएर किसान एकता जिन्दावाद, डिष्टलरी बन्द गर, प्रदुषण नियन्त्रण गर, वातावरण जोगाअौ, क्षतिपूर्ति अविलम्ब देउ जस्ता नारा लगाउदै विरोध जुलुस निकालेको छ । 

सो जुलुस डम्बर निम्नमाध्यमिक विद्यालय देखि सुरु भई इन्दिरा सुगर मिल एण्ड एग्रो इण्डष्टिज गंगापुरको मुख्य गेट सम्म गई पुनः डम्बर निम्नमाध्यमिक विद्यालय पिपरपाती आएर मा कोण सभामा परणीत भएको थियो । कोण सभामा समिति का अध्यक्ष विनोद यादव, सदस्य अल्सगिर हजाम, गुलाब चौधरी, गुड्डु सैथवार लगायतले सम्बोधन गर्नु भएको थियो ।

 इन्दिरा सुगर मिल एण्ड एग्रो इण्डष्टिज गंगापुरको डिष्टलरी बाट निस्केको प्रदुषित पानीले मानव स्वास्थ्यमा गम्भीर असर पारेको, खानेपानी दुषित भएको, लामखुट्टेको बिगबिगी भएको, धानबाली केरा तथा तरकारी खेतीमा भएको क्षतिको क्षतिपूर्ति माग गर्दै विगत दुई महिना देखि नवलपरासीका किसानहरु आन्दोलन गर्दै आएका छन । सो सुगर मिलले प्रदुषित पानीको ढल निकास नजिकै रहेको कंगली खोलामा गरेकोले वरपर किसानले लगाएको हजारौ विगहा धानबाली, केरा, तरकारी खेती नष्ट भएको छ । 

पिडित किसानहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइसकेको भएतापनि जिल्ला प्रशासनले चासो न दिएको किसानहरुले आरोप लगाएका छन । संघर्ष समितिले जिल्ला प्रशासन घेराउ, विरोध जुलुस, जस्ता कार्यक्रम गर्दै आएको छ । उता मिल पक्षले किसानहरुले मिल मै आएर वार्ता गर्न भनेपनि  समितिले जिल्ला प्रशासन कार्यालयमा वार्ता गर्ने अडान लिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु