2026-06-23 11:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बर्दियामा च्याउ खेतीको तालिम सम्पन्न

2016-10-04

असोज १८, बर्दिया । बेरोजगार युवायुवती एवम् कृषक समूहका सदस्यका रोजगारीको अवसर सिर्जना गराउने र आम्दानी बढाउने उद्देश्यले जिल्ला कृषि विकास कार्यालयले तीनदिने च्याउ खेतीसम्बन्धी तालिम सोमबार गुलरियामा सम्पन्न भएको छ । 

तालिममा मैनापोखर, मगरागडी, वगनाहा, राजापुर, गुलरिया, तारातालबाट आएका बेरोजगार युवा सहभागीलाई गोब्रे च्याउखेती प्रविधिको परिचयको महत्वका बारेमा वरिष्ठ कृषि विकास अधिकृत तथा कार्यालय प्रमुख परशुराम रावतले तालिम दिनुभएको थियो । 

सो तालिममा गोब्रे च्याउ खेतीका लागि आवश्यक सामग्री तथा कम्पोस्ट मल तयार गर्ने तरिकाबारे कृषि विकास कार्यालयका अधिकृत विराज सुवेदीले तालिम दिनुभएको थियो । 

तालिममा अधिकृत जयबहादुर महतराले कन्ये तथा गोब्रेच्याउ खेतीका लागि टनेल तथा घर निर्माण गर्ने तरिका र व्यवस्थापनको तालिम दिनुभएको थियो । 

सोही तालिममा च्याउको परिचय, महत्व, प्रकारका बारेमा अधिकृत घनश्याम कार्कीले तथा कन्ये च्याउको खेती प्रविधिको गोब्रे च्याउ खेतीका लागि ब्याड बनाउने, बीउ छर्ने, छोप्ने, टिप्ने तरिकाका बारेमा अधिकृत तारा शर्मा र अधिकृत कमल तामाङले तालिम दिनुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपाद्वारा विधान संशोधन गरी पार्टीलाई थप समावेशी बनाउने निर्णय स्रोत नखुलेको ११ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ अब नयाँ राष्ट्रपति बाबुराम भट्टराई बन्न सक्छन् : हर्क साम्पाङ टिपर दुर्घटनामा चालकको मृत्यु निर्धारित समयमा सुरु भएन रास्वपाको बन्दसत्र पछिल्लो २४ घण्टामा ट्राफिक कारबाहीबाट १० लाख ५३ हजार ५१० राजस्व सङ्कलन सुनचाँदीको मूल्य बढ्यो हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ