2026-06-25 02:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

विजयादशमी नजिकिए संगै डडेल्धुरा सदरमुकाममा खसीको व्यापारमा बृद्धी

धुर्ब बिष्ट /१९ असोज डडेल्धुरा –       विजयादशमी नजिकिँदै जाँदा सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र मानिने डडेल्धुरा सदरमुकाममा खसी व्यापार बृद्धी भएको छ । चाडपर्व नजिकिँदै जाँदा डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी क्षेत्रमा खसीको व्यापार निकै बढेको छ । दशैं लगायतका ठूला पर्वहरू नजिकिँदै गर्दा खसीको व्यापारमा ठूलो मात्रामा वृद्धि भएको व्यापारी तथा कृषकहरुले बताएका छन । चाडबाड लागे संगै मासुको बिक्रि बितरण पनि बढी हुने भएकाले अहिले ग्रामिण क्षेत्रबाट जिल्ला सदरमुकाममा दैनिक ३०–३५ खसी बोका भित्रइने गरेका छन । वर्षभरि खसीको व्यापारका लागि सङ्कट झेल्ने सुदूरपश्चिमका पहाडी क्षेत्रका कृषकहरूले अहिले चाडवाडमा सजिलै र भनेकै मूल्यमा खसी बेच्न पाइरहेका छन । यसले व्यावसायिक बाख्रापालकहरूलाई तथा खसी व्यापारीलाई राहत पुगेको छ । खसी बेच्न सदरमुकाम पुगेका किसानको अनुपातमा व्यापारीहरूको सङ्ख्या पनि उत्तिकै बढी हुने गरेको छ ।

        खसी खोज्दै क्रेताहरू घर–घरमै धाउन थालेको समेत मासु व्यवसायी सङ्घले जनाएको छ । केहीदिन अगाडिदेखि नै बढेको खसीको मागले हजारौ लाखौँको खसीको व्यापार भइरहेको बाख्रा व्यवसायीहरुले बताएका छन । व्यवसायिक बाख्रापालनमा आवद्ध तथा व्यापारीहरुले खसी–बोका बिक्रि गरी मनग्य आम्दानी गरिरहेका छन । व्यापारीहरुले खसीको आकार र वजन हेरी ८ हजारदेखि २० हजार रुपैयाँ सम्म भाउ लगाएको छ । गत वर्षको दसैंमा ५ हजारदेखि १५ हजार रुपैयाँ सम्मको मुल्यमा खसी बिक्री भएका थिए । महङ्गी बढे संगै मासुजन्य बस्तुहरुको पनि मुल्य बढाइएको कृषकहरुको भनाई छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक