Skip to content
Friday, July 17, 2026 Nepali Online Media

स्वास्थ्य परिक्षण नगरी मासु जन्य पशु पंक्षी विक्रि हुँदै्

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

<p style="text-align: justify; ">ललित बोहरा/२१ असोज डडेल्धुरा – डडेल्धुरा जिल्लामा स्वास्थ्य परिक्षण नगरी मासु जन्य पशु पंक्षी खरीद &nbsp;बिक्रि भईरहेका छन् । मासुको प्रयोजनका लागि खरीद बिक्रि हुने &nbsp;पशु पंक्षीको &nbsp;स्वास्थ्य परिक्षण गरिनु पर्ने भए पनि डडेल्धुरा जिल्लामा भने त्यसो नगरीएको पाइएको छ । डडेल्धुरा सदरमुकाम क्षेत्रमा स्वास्थ्य परिक्षण नगरी बध गरेका खसी बोकाको मासु बिक्रि भईरहेको छ । दशैको समयमा ग्रामिण क्षेत्रवाट सदरमुकाम क्षेत्रमा ल्याइएका खसी बोका स्वास्थ्य परिक्षण नगरी बिक्रि भईरहेका छन् । सदरमुकाममा रहेको बध सालामा समेत स्वास्थ्य परिक्षण नगरी बध गरेका खसी बोकाको मासु बिक्रि हुने गरेको छ । अमरगढी नगरपालीका र जिल्ला पशु सेवा कार्यालय डडेल्धुराले स्वास्थ्य परिक्षणका लागि कुनै पहल नगरेको मासु बिक्रेताहरुले बताएका छन् ।</p><p style="text-align: justify; ">डडेल्धुरा जिल्ला बाहिर जाने खसी बोका र राँगा सहित कुखुराको स्वास्थ्य परिक्षण गरिने गरेको भए पनि डडेल्धुरा भित्रमा भने हाल सम्म स्वास्थ्य परिक्षण नगरेको जिल्ला पशु सेवा कार्यालय डडेल्धुराले जनाएको छ । ..यता अमरगढी नगरपालीका डडेल्धुराले मासु प्रयोजनका पशु पंक्षीको स्वास्थ्य परिक्षणका लागि पटक पटक पत्राचार गरेको भए पनि पशु सेवा कार्यालय डडेल्धुराले कुनै पनि कारबाही अगाढी नबढाएको बताएको छ । दशैको समयमा मासुको अत्याधिक माँग हुने भएकाले रोगीे पशु पक्षीको मासु बिक्रि हुन सक्ने भन्दै स्वास्थ्य परिक्षण गरेर मात्रै बिक्रि बितरण गर्न दिन आम उपभोक्ताको माग छ ।&nbsp;</p><p style="text-align: justify; "><br></p>