2026-11-02 12:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डडेल्धुराका केही गाबिसहरुमा लगाएको यस वर्षको वर्षेबालीको उत्पादनमा गिरावट

२८ /असोज, डडेल्धुरा | डडेल्धुराका केही गाबिसहरुमा लगाएको यस वर्षको वर्षेबालीको उत्पादनमा गिरावट आएको छ । जिल्लाका चिपुर, भद्रपुर, देवलदिव्यपुर लगायतका अन्य थुप्रै गाविसहरुमा यस वर्षको वर्षे बालीमध्ये धान, मकै, कोदोको उत्पादनमा कमी आएको हो । गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादन घट्नुको मुख्य कारण ढिलो तथा कमजोर मनसुन भएको स्थानीयहरुले बताएका छन । बाढीपहिरो, डुबान, कटान आदिको समस्या वर्षेबालीमा पर्ने गरेकोमा यसवर्ष विगतका वर्षहरूको तुलनामा अत्यन्त कम मात्र असर परेको भए पनि उत्पादनमा भने कमी नै आएको छ । डाँठ कुहिने रोग लगायतका अन्य थुपै्र कारणबाट धान र मकैको उत्पादनमा कमि आएकोे जनाइएको छ । 

यस्तै उत्पादनका हिसाबले धान पछिको दोस्रो प्रमुख खाद्यान्न बाली मकैबालीमा पनि गतवर्षको तुलनामा यसवर्ष उत्पादनमा कमी आएको बताइएको छ । कोदो बालीमा उन्नत बीउ, मलजस्ता प्रविधिको प्रयोग गर्ने चलन कम भएका कारण यसको उत्पादकत्वमा पनि खासै वृद्धि हुन नसकेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द