2026-09-16 10:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डडेल्धुरामा उत्पादित बिउको मुल्य निर्धारण, उत्लादन झण्डै दोब्बरले बृद्धि गर्ने लक्ष्य

पुस्कर भण्डारी/कार्तिक ४, डडेल्धुरा | डडेल्धुरामा उत्पादन गरिने कृषि अन्नवालीको बिउको मुल्य निर्धारण गरिएको छ । बिउ व्यवसायी तथा उत्पादक बीच बजार व्यवस्थापन सम्बन्धि बिहीबार गरिएको अन्तरक्रिया गोष्ठिले बिउको मुल्य निर्धारण गरेको हो । डडेल्धुरामा उत्पादित सिमी प्रति किलो मुल्य १ सय ६० रुपैया, भिण्डी १ सय २० रुपैया, बोडी २ सय रुपैया, केराउ १ सय २०, मुला २ सय १०, चम्सुर १ सय ५०, रायो, पालुंगो, धनिया र स्विसचार्ड २ सय रुपैया, सलगम २ सय ५० रुपैया,  प्याज स्थानिय १३ सय रुपैया र मेथी १ सय ५० रुपैया प्रतिकिलो ग्राम कृषकहरुबाट व्यवसायीहरुले खरिद गर्ने गरि मुल्य तोकिएको छ । पुरानो मुल्य भन्दा नँया मुल्य ६ बढीले बृद्धि गरिएको छ । 

बजार मागलाई मध्य नजर गर्दै यो बर्ष सिमी २० हजार किलो, भिण्डी ५ सय, बोडी १ सय, केराउ १५ हजार मुला ७ हजार, चम्सुर २ हजार, रायो १ हजार, पालुंगो २ हजार, धनिया ५ सय, सलगम १ सय, प्याज ५ सय, स्विसचार्ड १ सय र मेथी ५ सय किलोग्राम उत्पादन गर्ने लक्ष्य लिईएको छ । यो गत बर्ष भन्दा भण्डै दोब्बरले बढी बृद्धि हो । 

डडेल्धुरामा उत्पादन गरिने बिउको बजारमाग निकै बढी भए पनि पुर्ती गर्न नसकिएको अन्तरक्रिया गोष्ठिमा जानकारी गराईएको थियो । जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले आयोजना गरेको गोष्ठिमा बिउको उत्पादन बढाउन कृषकले महत्वपुर्ण भुमिका निर्वाह गर्नु पर्ने औल्याईएको छ । बिउ राम्रो भए उत्पादन १५ देखि २० प्रतिशत सम्म बृद्धि हुने गरेको वरिष्ठ कृषि विकास आधिकृत दिलबहादुर बिष्टले बताएका थिए । गत बर्ष डडेल्धुराबाट लगभग ५२ टन बिउ निर्यात गरिएको थियो । बिउको बजारमाग अझै यो भन्दा दोब्बरले बढी रहेको डडेल्धुरा कृषक शहकारी सस्था प्रबन्धक चन्द्र ओझाले गोष्ठिमा जानकारी गराए । गोष्ठिमा तरकारी बिउ विजन केन्द्र जनोगबुढा प्रमुख ताराप्रशाद भण्डारीले मिसावट रहित बिउ उत्पादन गर्न सके डडेल्धुरालाई बिउ उत्पादनको पकेट क्षेत्रका रुपमा विकास गर्न सकिने बताउदै कृषकहरुले बिउ उत्पादनबाट मनग्य आमदानी गर्न सक्ने जनाएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु