Skip to content
Friday, July 17, 2026 Nepali Online Media

वनको आम्दानी बढाउन माछापालन

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

विमल धामी/कात्तिक ७, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका–१२ मा रहेको झर्नासागर मध्यवर्ती सामुदायिक वनले ८ कट्टा बराबरको जमिनमा नयाँ पोखरी निर्माण गरि ५ हजार माछाका भुरा हालेको समितिले जनाएको छ ।

सामुदायिक वनको आम्दानी बढाउन र वन हेराला पाल्नको लागि माछापालन गरिएको समितिका उपाध्यक्ष सकराम साउदले जानकारी गराउनु भयो । उनले भने यस बाट हुने आम्दानीले वन विकासका साथै सामुदायिक वनको उत्तर तिर देखि आरक्षको किनार सम्मको सडकमा ग्रावेल गर्ने योजना रहेको जानकारी गराउनु भयो । यो भन्दा पहिला वनले

शुक्लाफाँटा बिद्यालय देखि उत्तर झर्नासागर मध्यवर्ती सामुदायिक वनको अफिस सम्मको सडकमा ग्राविल हालिसकेको बताउनु भयो ।

वनका सचिव रतन सिह बोहराले भने यो हाम्रो मध्यवर्ती सामुदायिक वनले यहाँका स्थानियहरुलाई दाउराको लागि निकै टेवा पुर्याएको बताए । उनले भने यो विवाह , पाटी, मर्दा पर्दा हामीले स्थानिहरुलाई दाउरा दिएर सहयोग गरेको जानकारी दिदै भन्नु भयो ।

यो वन हाम्रो हो हामीले यसको संरक्षण गर्न सक्यो भने हाम्रो लागि फाईदा हो । अनि हामी सबैले यस वनको संरक्षण गर्ने दायित्व हो । यसको आय श्रोत बढाउनु पर्नेमा सबै उपभोक्ताले सोच्नु पर्नेमा जोड दिएका थिए ।

यो भन्दा पहिला पनि यो वनले आप्नो वनको आम्दानी बढाउनका लागि विभिन्न कार्यक्रम गरिसकेको छ ।