Skip to content
Friday, July 17, 2026 Nepali Online Media

चैत्र महिना भित्र स्थानिय निकायको निर्वाचन हुन्छ ः पूर्व मन्त्री साउद

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कार्तिक/८ डडेल्धुरा। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्ब मन्त्री एनपी साउदले चैत्र महिना भित्र स्थानिय निकायको निर्वाचन हुने बताउनु भएको छ । स्थानिय तह पुर्न संरचना एवं डडेल्धुरा जिल्लाको आवधिक योजनाको गोष्ठीमा सहभागि हुन सोमबार डडेल्धुरा पुग्नु भएका पुर्ब मन्त्री साउदले  सवै दल लाई सहमती ल्याएर भए पनि चैत्र महिना भित्रै स्थानिय तहको निर्वाचन गर्नु पर्ने बताउनु भयो ।  नेपाली कांग्रेस डडेल्धुराले पार्टी कार्यालयमा गरेको भेटघाट कार्यक्रममा बोल्दै पुर्व मन्त्री साउदले  राष्ट्र  र राष्ट्रियता लाई ध्यानमा राखेर संविधान संसोधन गरेर तराई मधेशका आन्दोलित दलहरुलाई सहमती ल्याई चैत्र महिना भित्र स्थानिय तहको निर्वाचन हुने दाबि गर्नु भयो । नेकपा एमाले सहितका विपक्षी दलहरु संग पनि सहमती गरेर संविधान संशोधन गर्ने समेत उहाले बताउनु भयो ।

नेपाली कांग्रेस डडेल्धुराले अव जिल्लाको विकासका लागि लाग्नु पर्ने कुरामा उहाले जोड दिनु भयो । विगतका दिनमा डडेल्धुरा कांग्रेस संगठन वलियो वनाउनमा लागेको वताउँदै नेता साउदले संगठन वलियो रहेकाले अव जिल्लाको विकासका लागि नेपाली कांग्रेस डडेल्धुरा एक ढिक्का भएर अगाढी वढ्न निर्देशन समेत दिनु भयो । साथै नेपाली कांग्रेस डडेल्धुरा एक ढिक्का भएर स्थानिय तहको निर्वाचनका लागि तयार रहन समेत नेता साउदले  पार्टी कार्यकर्तालाई निर्देशन दिनु भएको थियो । सोही कार्यक्रमलाई सम्वोधन गर्दे सांसद नरभान कामीले संविधान कार्यान्वयनका लागि नेपाली कांग्रेस एक जुट हुनु पर्ने कुरामा जोड दिनु भएको थियो ।