2026-06-24 05:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

दिक्तेलका अपाङ्ग सामूहिक खेतीतर्फ

कात्तिक ९, खोटाङ । दिक्तेल नगरपालिकाका अपाङ्गले सामूहिक कृषि व्यवसाय सुरु गरेका छन् । 

अपाङ्ग सेवा सङ्घ दिक्तेल नगरसमितिको पहलमा नगरपालिकाभित्रका २० जना अपाङ्गले दिक्तेल– ३ स्थित जागिरेमा सामूहिक खेती सुरु गरेका हुन् ।

अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगार र आर्थिकरुपमा आत्मनिर्भर बनाउन स्थानीय तेजबहादुर आचार्यको ४० रोपनी जग्गा वार्षिक रु ७० हजार तिर्ने गरी दश वर्षका लागि भाडामा लिएर खेती सुरु गरिएको अपाङ्ग सेवा सङ्घ दिक्तेल नगर समितिका अध्यक्ष उमेशप्रसाद आचार्यले जानकारी दिनुभयो । 

आव २०७२/७३ मा दिक्तेल नगरपालिकाले अपाङ्गका लागि छुट्टयाएको रु दुई लाख खर्च गरेर सामूहिक खेती थालिएको हो । “अपाङ्गलाई व्यावसायिक खेतीका माध्यमबाट आफ्नो खुट्टामा आफँै उभिन सक्ने बनाउन खेती सुरु गरेका हौँ,” उहाँले भन्नुभयो । 

अहिले खेतमा अपाङ्गले आफँै काम गरेर धान रोपेका छन् । धान पाकेपछि तरकारी, बाख्रा, बङ्गुर, कुखुरा, च्याउ, माछापालन गरिने अध्यक्ष आचार्य बताउनुहुन्छ । “व्यवसाय सञ्चालन गर्न अपाङ्ग व्यवसायीलाई सहुलियत दरमा ऋणको व्यवस्था मिलाइनेछ,” उहाँले भन्नुभयो । 

फार्मबाट उत्पादित वस्तु बिक्रीका लागि सदरमुकाम दिक्तेलका रत्नपार्क, पुरानो बेसक्याम्प, त्रिवेणीचोक, हाटडाँडा र अस्पताल चोकमा बिक्रीकेन्द्र बनाउने सङ्घको योजना छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित