Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

डडेल्धुरामा शारिरिक अपाङ्गता भएका २० प्रतिशतको मात्रै सेवामा पहुँच

By साझासवाल

<p style="text-align: justify; ">डडेल्धुरा कर्तिक १२ &nbsp;।&nbsp;डडेल्धुरा जिल्लाका दुई हजार ८५ बढी शारिरिक अपाङ्गता भएकाहरु मध्ये सेवामा पहुँच २० प्रतिशत व्यक्तिहरुको मात्रै रहेको पाइएको छ । सन २०१३ को तथ्याङ्क अनुसार शारीरिक अपाङ्गता भएकाहरु दुई हजार ८५ मध्ये अहिले सम्ममा २० प्रतिशत व्यक्तिहरुको मात्रै सेवामा पहुँच रहेको नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ एनएनएसडब्लुएले जनाएको छ । शुक्रबार प्रशासन कार्यालय डडेल्धुरामा सरोकारवालाहरु संग गरेको छलफलका क्रममा एनएनएसडब्लुएले डडेल्धुरामा रहेका दुई हजार ८५ बढी शारिरिक अपाङ्गता भएकाहरुको सेवामा पहुँच पु¥याउन शिविर सञ्चालन गर्ने तयारी गरेको छ । सुदुरपश्चिमका नौ वटा जिल्लामा अपाङ्गता भएकाहरुको सेवामा काम गर्दै आएको नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ एनएनएसडब्लुए कञ्चनपुरले अबको डेढ महिना भित्र डडेल्धुरामा शारिरिक अपाङ्गता भएकाहरुको उपचारका लागी एक दिने निःशुल्क शिविर सञ्चालन गर्ने जनाएको छ । दलित, अपाङ्गता, पिछडिएका वर्गको हक अधिकारका लागी काम गर्दै आएको एनएनएसडब्लुएले डडेल्धुरामा अपाङ्गता भएका मध्ये २० प्रतिशतको मात्रै सेवामा पहँुच भएको जनाउदै सन २०१८ सम्ममा ५० प्रतिशत पु¥याउने लक्ष्य लिएको संस्थाका कार्यकारी निर्देशक अशोकबिक्रम जैरुले बताएका छन । अमरगढी नगरपालिका भित्र मात्रै शारिरिक अपाङ्गता भएका व्यक्तिको संख्या दुई सय २७ छ । </p><p style="text-align: justify; ">&nbsp;&nbsp;&nbsp;&nbsp;यो डडेल्धुरा जिल्ला भरिकै उच्च शारिरिक अपाङ्गता भएको क्षेत्रको रुपमा लिईएको छ &nbsp;। १८ गाविस मध्ये आलितालमा मात्रै दुई सय २४ जना शारिरिक अपाङ्गता भएका छन । परशुराम नगरपालिका, आलिताल डडेल्धुराको अन्य क्षेत्र भन्दा बढि शारिरिक अपाङ्गता भएका नागरिक छन । जोगबुढा क्षेत्रमा दुई बर्ष पहिले शिविर सञ्चालन गरिएकाले सम्पुर्ण ग्रामिण क्षेत्रमा रहेका अपाङ्गता भएकाहरुको सेवामा पहुँच पु¥याउन अबको डेढ महिना भित्र बेलापुर गाविसको शेरीमा शिविरको आयोजना गर्ने प्रशासन कार्यालयमा सरोकारवालाहरु संग शुक्रबार गरिएको अन्तरक्रियाले निर्णय गरेको छ । बेलापुर, नवदुर्गा, मणिलेक र कोटेली गाविसमा रहेका तिन सय ३१ शारिरिक अपाङ्गता भएकाहरुको उपचार एवम सेवामा पहुँच पु¥याउन बेलापुर गाविसको शेरीमा शिविरको आयोजना गरिने छ । डडेल्धुरामा रहेका शारिरिक अपाङ्गता भएकाहरुको निःशुल्क उपचारका लागी शिविर बस्ने भएको हो ।</p><div style="text-align: justify; "><br></div>