Skip to content
Friday, July 17, 2026 Nepali Online Media

ओखलढुंगाका वरिष्ठ कृषि विकास अधिकृत अधिकारीको भव्य विदाई

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पूर्णप्रसाद न्यौपाने,कार्तिक १२, ओखलढुंगा । आधुनिक तथा प्रविधि मुलक कृषिमा जोड दिँदै कृषकहरु माझ प्रीय बनेका ओखलढुंगाका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद अधिकारीको सरुवा भएको छ । २ वर्ष अघि जिल्ला कृषि विकास कार्यालय प्रमुख बनेर आउनु भएका अधिकारीको राष्ट्रिय प्लान क्वारेनटाईन कार्यक्रम हरिहर भवन ललितपुर सरुवा भएको हो । किसान लक्षित  प्रविधिमुलक कार्यक्रम ल्याएर कृषकप्रीय बन्नुभएका अधिकारीलाई आज भव्य विदाई गरिएको छ ।

निमीक्त प्रमुख जिल्ला अधिकारी रामप्रसाद ज्ञावलीको प्रमुख आतिथ्यता एवम् कृषि विकास कार्यालय र मातहतका कर्मचारी तथा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तीहरुको उपस्थितीमा एक कार्यक्रमका बिच भव्य विदाई गरिएको हो । हिजो कर्मचारी मिलन केन्द्रले अधिकारीलाई विदाई गरेको थियो ।

वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद अधिकारीले ओखलुंगामा कृषकका गुणासो सुन्न र प्रारम्भीक खेती प्रणालीबारे जानकारी दिने कार्यलाई बढि प्राथमिकता दिनुभएको थियो,भने सबै कर्मचारीलाई खटिएको ठाँउमा बस्ने कार्यको थालनी, नियमीत अनुगमन, विभिन्न प्रकारका शिविर सञ्चालन गरेर गाँउ गाँउमा सेवा, जिल्लाभरी छरिएर रहेका सबै कृषक समुहको दर्ता, कार्यालय व्यवस्थापन लगाएतका नयाँ र प्रभावकारी कामको थालनी र व्यवस्थान गर्नुभएको छ ।

ओखलढुंगा बर्साइ अत्यन्तै प्रभावकारी र उपलब्धी मुलक भएको भन्दै सहयोग गर्ने सबै सरोकारवालाहरुलाई अधिकारीले धन्यवाद दिनुभयो । विदाई कार्यक्रम पछि साझासबालसँग कुरागर्दै उहाँले सुरुवात राम्रो भएकाले ओखलढुंगाका कृषकको क्षमता विकास र व्यवस्थीत कृषि प्रणालीका लागि भोलीको भविष्य पनि राम्रो रहेको बताउनुभयो ।

अधिकारीको सरुवा भएसँगै अब ओखलढुंगामा जिल्ला कृषि विकास कार्यालय प्रमुखको जिम्मेवारी लिएर झलकनाथ कंडेल आउनुहुने छ । कार्यालय प्रमुख अधिकारीसँगै लेखापाल श्याम नन्द ठाकुर र प्राविधिक सहायक सचितानन्द मिश्रलाई पनि आज विदाई गरिएको जिल्ला कृषि विकास कार्यालय ओखलढुंगाले जनाएको छ ।