Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कृषि मन्त्रीले कृषि कार्यालयको निरिक्षण गरे

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p align="justify"><b>कार्तिक १३ पर्वत ।</b>नेपाल सरकारका कृषि विकास मन्त्री गौरीशंकर चौधरीले जिल्ला कृषि विकास कार्यालय पर्वतको अनुगमन तथा निरिक्षण&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; गरेका छन् । पारिवारिक भ्रमणको शीलशीलामा मुस्ताङ हिडेका&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; चौधरीले शुक्रबार जिल्ला कृषि कार्यालयको निरिक्षण गरेका हुन् । सोही क्रममा कृषि कार्यालयमा भर्खर मात्रै जोडिएको सिसि क्यामेराको समेत मन्त्री चौधरीले उद्घाटन गरे । चौधरीले जिल्ला कृषि विकास कार्यालयको गतिविधिको बारेमा आफुले मन्त्रालयबाट समेत जानकारी हासिल गरेको र ७५ जिल्लामध्ये पर्वत कार्य सम्पादनको हिसाबले उत्कृष्ठमा परेको बताए । उनले कृषि कार्यालय पर्वतले बाँझो जमिन राख्नेलाई&nbsp;&nbsp;&nbsp;&nbsp;&nbsp; जरिवाना तिराउने परिपाटीको कायम गरेर देशभरिमा नै उदाहरणीय काम गरेको उल्लेख गरे । उनले जिल्लाको कृषि विकासको लागि आफुले सक्दो सहयोग रहेन बताए ।<br><br><br></p>