पढ्न करिब 2 मिनेट लाग्छ

कार्तिक, नवलपरासी । गायिका अन्जु पन्त निकै सुमधुर स्वरकि धनी गायिका हुन् । उनी गायिका अधिकांश गीतहरु हिट हुन् गर्दछन् । साथै नेपाली गीतसंगीतको क्षेत्रमा उनले स्वर दिएका हजारौं गीतहरु मध्ये सयौं गीतहरु निकै हिट पनि छन् ।

यसैक्रममा गायिका अन्जु पन्त शनिबार (कार्तिक १३ गते) नवलपरासीको कोल्हुवाको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगीता कार्यक्रममा सहभागी भइन् । बिहान ११ बजेदेखी शुरु भएको कार्यक्रममा कार्यक्रमका अन्यतिर देखिएकी अन्जु करिब साँझ तिर आफ्नो प्रस्तुती दिन स्टेजमा चढिन् ।

राती ८ बजेसम्म भएको कार्यक्रममा अन्जुले लगभग आधा घण्टाको प्रस्तुती दिइन् । त्यो समयमा नवलपरासीका दर्शकहरु अन्जु पन्तको गीतहरुबाट निकै नै मनोरन्जन लिइरहेका थिए । जब अन्जु पन्तले पहिलो गीतको रुपमा तिम्रो आँखामा आँसु हेरी हाँस्ने दिन नआओस् बोलको गीत गाइन् दर्शकहरुले हल्लाको बाढि नै बर्साए ।

साथै दोस्रो गीतको रुपमा तिर्खा लायो पानी खाइन् गीत गाउँदा पनि उनको प्रस्तुतीमा दर्शक उत्तिकै रुपमा मनोरन्जन लिइरहेका थिए । साथै अन्तिम गीतको रुपमा गायिका अन्जु पन्तले संगीतकार अर्जुन पोख्रेललाई स्टेजमा सँगै गीत गाउनका लागी आग्रह गर्दै निमन्त्रणा गरीन् र दुबै जनाले मैले तिमीलाई मन पराको अवस्था हो भन्दै गीत गाइन् । त्यो बेलामा दर्शकमा अझ उत्साह देखिन्थ्यो । राती भइसकेको भएता पनि दर्शकहरुमा वान्समोर आइरहेको थियो ।

नवलपरासीको मध्यविन्दु नगरपालिका २ कोल्हुवामा कार्तिक १ गते देखी १३ गतेसम्म सञ्चालित राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि ब्वाइज युनियनले कब्जा गरेको थियो । सोहि कार्यक्रममा राष्ट्रियस्तरका बिभिन्न कलाकारहरुको उपस्थिती थियो ।

संरक्षणका लागी खेलकुद भन्ने उदेश्यका साथ नन्द भाउजु मध्यवर्ती उपभोक्ता समिति मध्यविन्दु –२ कोल्हुवामा सञ्चालित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको फाईनल खेलमा व्वाईज युनियन काठमण्डौले संकटालाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।