Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कृषि विकास कार्यालयले लक्ष्य अनुसार गहुको बिउ वितरण ग¥यो, कृषकको माग पुर्ती भएन

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

<p style="text-align: justify; ">पुस्कर भण्डारी /डडेल्धुरा कार्तिक १९ &nbsp;। समयमा बिउको माग नगर्दा डडेल्धुराका कृषकहरुले कृषि विकास कार्यालयबाट गहुको बिउ पाउन सकेका छैन्न । कृषि विकास कार्यालय डडेल्धुराले कृषकलाई आह्वान गरेको बिउ माग समयमा माग नगरिदा अझै कतिपय कृषकलाई गहुको बिउ आवश्यक रहेको छ । कृषि विकास कार्यालय डडेल्धुराले भने लक्ष अनुरुप १० टन र थप दुई टन गरि कुल १२ टन गहुको बिउ यस बर्ष कृषकलाई वितरण गरि सकेको छ । दुई टन बिउ बिज बृद्धिका लागाी कृषकलाई वितरण गरिएको हो । डडेल्धुरामा कुल आठ हजार हेक्टर क्षेत्रफलमा गहु खेती गरिन्छ । प्राबिधिक दृष्टिकोणले वितरण गरिएको गहुको बिउ एक सय हेक्टर क्षेत्रफलमा मात्र लगाउन सकिने छ । &nbsp;</p><p style="text-align: justify; ">कृषकहरुले शुरुमा माग नगरेका कारण अहिले बिउको समस्या उत्पन्न भएको हो । डडेल्धुराको तल्लो भेग आलितालल जोगबुढा, नवदुर्गा लगायतका स्थानमा गहुको बिउ वितरण गरि सकिएको छ । मध्य पाहाडी क्षेत्र र तल्लो भेगमा उत्पादन हुने गहुको बिउ माग अनुसार पनि नपाईएका कारण कृषकलाई बिउ अपुग भएको हो । डडेल्धुराको मध्य पाहाडी भेग अमरगढी नगरपालिका, असिग्राम लगायत आसपासका क्षेत्रमा हुने धौलागिरी, अन्नपुर्ण चार लगायतका गहुका बिउ पाउन नसक्दा अभाव खड्गीएको कृषि विकास कार्यालयका योजना अधिकृत सन्तोष पौडेलले बताएका छन । मध्ये पाहाडमा लगाईने गहु बालिको बिउ नै अभाव रहेको छ । र यस बर्षको कृषि विकास कार्यालयको लक्ष्य अनुसार गहुको बिउ वितरण भई सकेकाले वितरण पश्चात कृषकले माग गरेको गहुको विउ वितरण गर्न नसकिने योजना अधिकृत तथा सुचना अधिकारी सन्तोष पौडेलले जानकारी दिएका छन ।&nbsp;</p><div style="text-align: justify; "><br></div>