Skip to content
Friday, July 17, 2026 Nepali Online Media

आलुको उत्पादन बढाउन विज्ञको सुझाव-लोकल कुखुराको अण्डा जस्तै आकार रोज्नुस् आलुको उत्पादन बढाउनुस्

By kit 7 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

कार्तिक २२ पर्वत । यतिबेला धमाधम धान काटेर आलु रोप्ने तरखरमा जुट्दै छन् किसान । तल्लो पहाड र तराईमा आलु   रोप्ने बेला सुरु भइसकेको छ ।
कृषि  प्रधान देश भए पनि व्यावसायिकता तिर ध्यान दिन नसक्दा बालीका लागि जति लगानी पर्छ त्यति उठ्नै धौ धौ हुन्छ । आलु रोप्दा बिउ र जातमा ध्यान दिए उत्पादन बढाउन सकिन्छ । पर्वतमा यतिबेला धान कोदो थन्काउने चटारो नसकिदै आलु लगाउने चटारो शुरु भएको छ ।
पर्वत जिल्लामा १५ सय ५० हेक्टरमा हिउँदे आलु उत्पादन हुने जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मील्े जानकारी दिए । बर्षेयाममा १ हजार हेक्टरसमा जिल्लाको उपल्लो क्षेत्रमा आलु उत्पादन हुने र हिउँदे आलु जिल्लाका सवै गाविसमा उत्पादन हुने जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत  रेग्मीको भनाई छ । जिल्लामा हिउँदमा १८ हजार मेक्टिूक टन र बर्षायाममा १ हजार टन आलु उत्पादन हुने       रेग्मीले बताए । हिउ्रँदे आलु लगाउने सिजन शुरुभएसँगै जिल्लामा किसानहरु आलुखेती लगाउनको लागि चटारो छ ।
जिल्ला कृषि विकास कार्यालयले स्याङ्जाबाट १० टन जनकदेव आलु ल्याउनको लागि ढुवानीमा अनुदान दिएको छ भने रसायनिक मलको लागि पनि अनुदान दिएको जनाएको छ । जिल्लामा आलु लगाउने सिजन बल्ल शुरु भएकोले आलुको विउ र मलमा कुनै पनि समस्या नभएको कृषि कार्यालयले जनाएको छ ।         आव. ०७३।७४ बाट जिल्ला कृषि विकास कार्यालयले बोक्सिङ, बनौं, लेखफाँट, शालिजालाई आलु पकेट क्षेत्रका रुपमा विस्तार गर्ने तयारी      गरेको जनाएको छ । आलु्को उत्पादन र विउ उत्पादनको लागि जिल्लाका उपल्लो भेगलाई समेटि पकेट क्षेत्रका रुपमा आलुको उत्पादन गर्न लागिएको कृषि कार्यालयले जनाएको छ । जिल्लाको लेखफाँट, धाइरिङ, बनौं, क्याङ, लेस्पार, बोक्सिङ, शालिजा लगायतका क्षेत्रमा आलुको उत्पादन हुदै आइरहेको छ ।आलुको उत्पादन बढाउन बिउ छनौटमा ध्यान दिन कृषि विज्ञले सुझाव दिएका छन्  । धान थन्क्याएपछि आलु खेतीका लागि किसानले सुरसार थालिसकेकाले बिउमा ध्यान दिनुपर्ने विज्ञको सुझाव छ ।
विज्ञ रामबहादुर केसीका अनुसार आलुको उत्पादनमा बिउ र जातले भर पर्ने हुँदा नेपाल कृषि अनुसन्धान परिषदले सिफारिस गरेका जातका बिउ मात्र प्रयोग गर्नु पर्दछ ।
आलुको उत्पादन बढाउन किसानले आफ्नो क्षेत्रका कृषि प्राविधिकसँग सल्लाह गरेर बिउ छनौट गर्न सक्नेछन् । यस्तै आलु विज्ञ केसीले टुसा नउम्रिएको बिउ रोप्न नहुने बताउनुभयो । उहाँका अनुसार लोकल कुखुराको अण्डा आकारको बिउ रोप्नका लागि उपयुक्त हुन्छ भने एउटा दानामा कम्तिमा पनि तीनवटा टुसा उम्रिएको हुनुपर्दछ ।
शीत भण्डारबाट बाहिर निकालेको आलुमा टुसा नउम्रेको हुनाले घाम नछिर्ने तर उज्यालो प्रशस्त छिर्न ठाउँमा बिउका आलुलाई राख्नुपर्दछ । यसो गर्दा आलुमा प्रशस्त टुसा  उम्रिन्छ ।
यस्तै बिउ काटेर रोप्न हुँदैन  । काट्दा प्रयोग हुने हतियार निर्म्लिकरण गरेर मात्र प्रयोग गर्नु पर्ने हुँदा त्यो सम्भव हुँदैन । झन्टझट व्यहोर्नूको साटो नकाटीकन बिउ रोप्दा राम्रो हुन्छ । आलु विज्ञ केसीका अनुसार एउटा आलुको दानामा भएको रोग अर्कोमा पनि सर्न सक्ने भएकाले सिंगै बिउ रोप्नुपर्दछ । एक लाइनबाट अर्कोलाइनसम्मको दूरी ६० सेन्टिमिटर अर्थात एक हात र एउटा आलुको दानाबाट अर्को दानाको दूरी २५ सेन्टिमिर अर्थात एक बित्ता परको हुनुपर्दछ ।
आलु रोप्नु अगावै खेतबारीमा प्रशस्त मात्रामा कम्पोष्ट मल राख्नु पर्छ । बिउ   रोपेपछि  ड्याङको कुलेसोमा मात्रै सिचाईं गर्नुपर्दछ । ड्याङ डुब्ने  गरी पानी नलगाए आलुको उत्पादन बढाउन सकिने आलु विज्ञ रामबहादुर केसीले बताउनुभयो । बिरुवा उम्रिसकेको छ भने ड्याङको दुई भाग डुब्ने गरी पानी ल्याउँदा खासै फरक  पर्दैन ।