Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कैलालीमा राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट तीन कृषक सम्मानित

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक २७, धनगढी । कृषि विकास कार्यालय कैलालीले यस वर्षको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट तीन कृषकलाई शुक्रबार पुरस्कृत गरेको छ ।

विश्व खाद्य दिवसका अवसरमा आयोजित कार्यक्रममा धनगढी बोराडाँडीका कुखुरापालन व्यवसायी विवेक भट्ट, कैलाली सुगरखालका फलफूल खेतीमा संलग्न नवलसिंह रावल र तरकारी खेतीमा संलग्न अत्तरिया नगरपालिका–१२ गेटीका मन्त्री रानालाई पुरस्कृत गरिएको हो । पुरस्कारको राशि जनही रु १० हजार र प्रमाणपत्र छ ।

सो अवसरमा पुरस्कार वितरण गर्दै प्रजिअ गोविन्दप्रसाद रिजालले कृषिलाई सम्मानित पेसाका रुपमा विकास गर्नका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

वरिष्ठ कृषि विकास अधिकृत युवराज पाण्डेयले कृषिको व्यवसायीकरणका लागि जागरुक बन्न कृषकलाई आग्रह गर्नुभयो ।

निबन्ध प्रतियोगी पुरस्कृत

विश्व खाद्य दिवसका अवसरमा गरिएकोे निबन्ध प्रतियोगिताका विजेता विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

प्रतियोगितामा ऐश्वर्य विद्या निकेतनका हरिनाथ प्रथम, पञ्चोदय माविका नवराज भाट द्वितीय, ग्यालेक्सी माविका इशान जोशी तृतीय तथा ज्योति इङ्लिस स्कुल र सिद्धार्थ शिशु सदनका प्रेक्षा धामीले सान्त्वना स्थान हासिल गर्नुभएको थियो ।

‘खाद्य अधिकार’ विषयको उक्त प्रतियोगितामा प्रथमलाई रु दुई हजार, द्वितीयलाई रु एक हजार ५०० र तृतीयलाई रु एक हजार तथा सान्त्वना स्थान हासिल गर्नेलाई रु आठ आठ सय पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा पुरस्कृत कृषकले कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि राज्यले प्रोत्साहन गर्न आवश्यक रहेको सुझाव दिनुभयो । रासस