पढ्न करिब 2 मिनेट लाग्छ

सन्तोषकुमार गुप्ता । दाङ, २८ कार्तिक । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले गरेको नेपाल बन्दका कारण दाङ सहित देशैभरको जनजिवन प्रभावित भएको छ । पूर्व पश्चिम राजमार्ग सहीत स्थानीय रुटमा सवारीका साधन चलेका छैनन् । जसका कारण सर्वसाधारण नागरिक मर्कामा परेका हुन् ।

बन्दका कारण दाङका मुख्य शहरहरु तुलसीपुर, नारायणपुर, घोराही, लमही, भालुवाङ र गढवा लगायतका शहरहरुमा सवारीका साधन, कलकारखाना, शिक्षण संस्थाहरु ठप्प भएका छन । त्यसैगरी लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् । यातायातका साधनहरु पनि सञ्चालनमा आउन सकेका छैनन् । महंगी पचास प्रतिशत घटाउन माग गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले एक दिन नेपाल बन्दको आह्वान गरेको हो ।

यसैबीच बन्दको समयमा एम्बुलेन्स, पानी, दुध, मानवअधिकार तथा कुटनितिक नियोगका गाडी निर्वाध रुपमा चल्न दिने बताईएको छ । काठमाण्डौंमा वन्द गराउदै हिड्ने ५० भन्दा वढी माओवादीका कार्यकर्ता पक्राउ परेका छन् । यसैविच बन्दको प्रभाव आज बेलुकि सम्म रहने छ । नेकपा माओबादीका केन्द्रिय सदस्य एवं राप्ती अञ्चल इन्चार्ज मोहलाल चन्द (आधार) का अनुसार बन्द बेलुकि ६ बजे सम्म रहने उनले जानकारी दिएका छन । उनले अत्यावस्यक सवारी साधनमा भने रोक नलगाउने बताएका छन । बन्द सफल पार्न कर्ताहरु शहरका मुख्य मुख्य चोकहरुमा बसेका छन ।