कार्तिक २८ पर्वत । कृषि बिकास समिति देविस्थान पर्वतले फलेवास देविस्थान गाबिसका किसानहरुलाई बिभिन्न जातको बिउ निशुल्क बितरण गरेको छ ।
    गाबिसका ५ सय ८८ घरधुरीका किसान लाई एक लाख ५५ हजार ८ सय ५० रुपैयाँ बराबरको बिउ बितरण गरेको हो । मुला, काउली लगाएतका बिउ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक २८ पर्वत । कृषि बिकास समिति देविस्थान पर्वतले फलेवास देविस्थान गाबिसका किसानहरुलाई बिभिन्न जातको बिउ निशुल्क बितरण गरेको छ ।
    गाबिसका ५ सय ८८ घरधुरीका किसान लाई एक लाख ५५ हजार ८ सय ५० रुपैयाँ बराबरको बिउ बितरण गरेको हो । मुला, काउली लगाएतका बिउ "/>
2026-11-02 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

फलेवासमा निःशुल्क विउ वितरण

कार्तिक २८ पर्वत । कृषि बिकास समिति देविस्थान पर्वतले फलेवास देविस्थान गाबिसका किसानहरुलाई बिभिन्न जातको बिउ निशुल्क बितरण गरेको छ ।
    गाबिसका ५ सय ८८ घरधुरीका किसान लाई एक लाख ५५ हजार ८ सय ५० रुपैयाँ बराबरको बिउ बितरण गरेको हो । मुला, काउली लगाएतका बिउ प्रत्यक किसानको १ रोपनी जग्गामा लगाउन मिल्ने गरि बिउ बितरण गरिएको कृषि बिकास समिति देविस्थानका सदस्य भरत श्रेष्ठले जानकारी दिए ।
किसानलाई मुला, काउलीको बिउका साथै किसानको जग्गामा अत्याधिक उम्रने तथा खेतीपातीमा सत्याउने थाउने नामक झार नियन्त्रण गर्ने ८५ लीटर पेन्ड्री मिथाईलिन औषधी समेत प्रदान    गरिएको छ । साथै प्रत्यक वडामा स्प्रेयर समेत वितरण गरिएको छ ।


 नेपाल सरकार बाट प्रत्यक बर्ष गाबिसको कृषिमा बिनियोजन हुने रकम बाट बिभिन्न बिउ बिजन बितरण गरिएको कृषि बिकास समिति देविस्थानका संयोजक भुवानी प्रसाद श्रेष्ठले बताए ।
 उक्त गाबिसका कृषकलाई कृषि खेती तर्फ उन्मुख गर्नका लागि बिउ बितरण गरिएको उनले बताए । गाबिसका सबै किसानले तरकारीको उत्पादन गरि नगदेवालीमा आत्मनिर्भर बनाउनका लागी बिउ बितरण गरिको बताइएको छ ।
बिभिन्न जातको बिउ लगाएर उत्पादनमा २० देखि २५ प्रतिशत सम्म बृद्धि हुने तथा किसानले केही मात्रामा भए पनि आय आर्जन गरुन भन्ने आशाका साथ किसानलाई प्रोत्साहन गर्नका लागि बिउमा अनुदान दिन सुरु गरेको जनाइएको छ ।आफुलाई बितरण  गरीएको बिउ बुझ्दै किसान    सुरज श्रेष्ठले पहिले अन्य खेती गर्दा श्रमको समेत प्रतिफल प्राप्त नहुने गरेको भन्दैै काउली र मुला खेती गर्दा अब घर खर्च समेत चलाउन सजिलो हुने आशा गरेको बताएका छन् ।     अब ब्यवसायिक कृषक बन्ने सोच रहेको कृषकको भनाई छ । यस क्षेत्रमा काउली र मुला तथा टमाटर खेतीको सम्भावना धेरंै रहेको स्थानिए कृषकको भनाई छ । माधव पराजुलीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द