२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डडेल्धुराको उग्रतारा मन्दिरमा देहीजाँत सम्पन्न

२०७३, २९ कार्तिक सोमबार ११:२४

ललित बोहरा /२९ कार्तिक  डडेल्धुरा । सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ डडेल्धुराको उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला देही जात सोमबार भब्य र सभ्य रुपमा मनाईएको । कार्तिक शुक्ल पूर्णीमाको रातमा आइतबार रतेडी र दोस्रो दिन सोमबार दिउसेडी लाग्ने गर्दछ । खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण रहेको उग्रतारा भगवती मन्दिरमा यि चार वटै गाउबाट रतेडी मेलामा बिहान देउरो आए पछि दिउसेडी मेला शुरु हुने पण्डितहरुले बताएका छन । देहिजाँतको रुपमा मानिने उग्रतारा भगवती मेलामा सोमबार बिहानै देखि भक्तजनहरुको घुइँचो लागेको थियो । बिहान चार बजे धार्मिक परम्परागत रुपमा दाईन दमाह, रुईसिंग, बिकुल, भोकर, शंक, घण्टा ईत्यादी बाजागाजाका साथ चार वटै गाउबाट माता भगवतीको डोली सहित देउरो उग्रतारा मन्दिरमा पगे संगै भगवती माताको पुजन शुरु हुन्छ । साढे बजे तिर पुजन सकिए पछि भक्तजन एवं धार्मिक आस्थावानहरुलाई पुवारीले होम गरि बनाईएको तिलाख प्रशाद वितरण गर्ने गरेको पण्डित टिआर भट्टले बताएका छन । बिहानको पुजा आजा पछि दिउसो भगवती माताको गाँज मन्दिर लगायत सयौ एकडमा फैलिएको मैदानको बिषेश चार स्थानमा बाजागाँजाका साथ घुमाईन्छ । बिहान चार वटै गाउको भ्रणबाट ल्याईएको माताभगवतीको देउरो बेलुका पाँज बजे पछि पुनः चार वटै गाउको भ्रणमा लगिमेला सम्पन्न हुन्छ । 

डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को दशरथचन्द राजमार्ग सँगै सुन्दर डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा आइतबार राति देखि लागेको मेलामा हजारौ दर्शनार्थीहरु पुजा आराधना गर्न पुगेका थिए । मेलामा सुदुरपश्चिमका नौ वटै जिल्ला, नेपालका अन्य स्थान लागयत भारतका विभिन्न स्थानहरु बाट समेत भक्तजन एवं धार्मिक आस्थावान नागरिक उग्रतारामन्दिर पुग्ने गरेका छन । उग्रतारा मेला व्यपार व्यवसाय र आफन्तजन संगको भेटघाट हुने समय मौकाको रुपमा प्रख्यात छ । मेलामा हराउदै गएका अन्न वाली फाँपर, भिमुर, तिल लगातय अदुवा, बेसार, चुक, मह, ध्यु, सुन्तरा, मौसमी, केरा लगायत स्थानिय स्तरमा उत्पादित विभिन्न चिज वस्तु संगै मोही बनाउन प्रयोग हुने पाथन, विभिन्न साग तरकारी प्याजको बेर्नाको राम्रो व्यापार हुन्छ । उग्रतारा मेलामा बिक्रि वितरण गर्ने पुर्व योजनाका साथ स्थानियहरुले विभिन्न बाँस निगलाका सरसामाग्री संगै खाद्य वस्तु एवं कृषि औजार, बेर्ना तयार पार्ने गरेका छन । मेलामा भारतका विभिन्न स्थानका व्यापारिले मिठाईका परिकार बनाई बिक्रि गर्ने गर्दछन । 

किम्बदन्ति अनुसार २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पुजा गरिँदै आएको जनश्रुति छ । देहिजातको महत्व र रोचक जात्रा भनेको सुदूरपश्चिमको जनजीवन झल्किने बिभिन्न दृष्यहरु, ईष्टमित्र, साथीसङ्गी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, सुदूरपश्चिमको लोकप्रिय खाना माँडा देहिजाँतमा प्रशस्त देख्न सकिन्छ । तर भगवतीको गाथाको रुपमा गाईने डेउडा भने खेलिदैन । 

स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको विक्री तथा पवबद्र्धनका लागि पनि मेला प्रसिद्ध छ । वर्षमा एक पटक भव्य रुपमा लाग्ने उग्रतारा माताको दर्शन गरेमा दैवी प्रकोप नहुने, सुख प्राप्ती, मनोकामना पूरा हुने जन विश्वास रही आएको छ । उग्रतारा देवीको मन्दिर पश्चिम नेपालकै एक महत्वपूर्ण शक्तिपीठका रुपमा रहेको स्थानीय बासिन्दा बताउँछन । मेलाका अवसरमा दुई दिन सो क्षेत्रमा मदिरा निषेधित क्षेत्र कायम गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ । स्थानिय प्रशासनले सुरक्षाकर्मीहरुलाई पनि खटाएको छ । साथै यस क्षेत्रका शैक्षिक संघ–संस्थाहरुमा आज स्थानिय बिदा समेत दिइएको छ ।

तर, यस वर्ष नेत्रविक्रम चन्द विप्लव माओवादीले गरेको बन्दका कारण सवारी साधन चल्न नसके पछि दशनार्थीको सङ्ख्या घटन सक्ने व्यबस्थापन समीतीले जनाएको छ । मेलाका व्यापारीहरुले भने अरु बर्षको जस्तो ब्यापार नहुने आङ्कलन गरेका छन । सुदूरपश्चिमका नौ वटै जिल्ला र देशका विभिन्न स्थान लगायत सिमावर्ती भारतको उत्तर प्रदेश, उत्तराञ्चल बाट पनि दर्शनार्थीहरु मेला भर्न पुगेको उग्रतारा क्षेत्र बिकास समिति अध्यक्ष तेज बहादुर साकीले जानकारी दिनु भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ