Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कञ्चनपुरका तीन कृषकलाई उत्कृष्ट राष्ट्रपति पुरस्कार

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर १, कञ्चनपुर । जिल्ला कृषि विकास कार्यालय, कञ्चनपुरले जिल्लाका तीनजना कृषकलाई उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट ३६ औँ विश्व खाद्य दिवसको अवसर पारी मङ्गलबार पुरस्कृत गरेको छ ।

कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकामा रहेको कृषि सेवा केन्द्रमा कार्यक्रमको आयोजना गरी तीनजना कृषकलाई उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

पुरस्कृत हुनेमा बेलौरी नगरपालिका–२ का माछापालक कृषक वन्धुराम चौधरी, कृष्णपुर नगरपालिका–९ का तरकारी कृषक हरिराम चौधरी र वेदकोट नगरपालिका–९ का कुखुरापालक कृषक अम्वादत्त अवस्थी रहेका छन् ।

पुरस्कृत हुने तीनैजना कृषकलाई जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले नगद रु १० हजार र प्रमाणपत्रसहित कार्यक्रममा पुरस्कृत गर्नुभएको थियो ।

यसैबीच, ३६औँ विश्व खाद्य दिवसको अवसरमा ‘भइरहेछ जलवायु परिवर्तन, गर्नुछ खाद्य र कृषिमा अनुकूलन’ भन्ने जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालयस्तरीय निबन्ध प्रतियोगितामा प्रथम हुने महेन्द्रनगर मावि, महेन्द्रनगरका मोहितसिंह कार्कीलाई रु दुई हजार, द्वितीय हुने उदयदेव मावि, महेन्द्रनगरका पूर्णिमा जोशीलाई रु एक हजार ५००, तृतीय हुने वेस्ट प्वाइन्ट मावि, झलारीका जीवन भट्टलाई रु एक हजार नगद पुरुस्कार प्रदान गरिएको थियो ।

प्रतियोगितामा सहभागी सिद्धनाथ मावि, बडैपुरका छात्रा भागिरथी ठगुन्नालाई रु ८०० सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । रासस