मंसिर ३, परासी । मौशम प्रतिकुलका कारण यसवर्ष बदाम खेतीमा करिब १० प्रतिशतले हस हुने देखिएको  छ । बदाम खेतिका लागि यसवर्ष मौसन प्रतिकुल र बढि पानी, किरा फट्यान्ग्राक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ३, परासी । मौशम प्रतिकुलका कारण यसवर्ष बदाम खेतीमा करिब १० प्रतिशतले हस हुने देखिएको  छ । बदाम खेतिका लागि यसवर्ष मौसन प्रतिकुल र बढि पानी, किरा फट्यान्ग्राक"/>
2026-11-01 05:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

नवलपरासीमा बादाम खेतीमा १० प्रतिशतले ह्रास: किसान चिन्तित

मंसिर ३, परासी । मौशम प्रतिकुलका कारण यसवर्ष बदाम खेतीमा करिब १० प्रतिशतले हस हुने देखिएको  छ । बदाम खेतिका लागि यसवर्ष मौसन प्रतिकुल र बढि पानी, किरा फट्यान्ग्राको प्रकोपले बदामा हस आएको हो । 

लामो समयदेखि जिल्लाको गण्डकक्षेत्र गुठीपर्सौनी, गुठिसुर्यपुरा, कुडिया, पक्लिहवा, नर्सही, त्रिवेणी लगायतका सुक्का क्षेत्रमा गरि ९२ हेक्टेयर क्षेत्रफलमा बादाम खेती हुदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गतवर्ष बादाम खेतीबाट एक सय ३८ मेट्रिक टन बादाम उत्पाद भएको थियो भने यसवर्ष मौसम प्रतिकुलका कारण १० प्रतिशतले उत्पादन घटने कार्यालयको अनुमान रहेको बताएका छ ।  

जिल्लामा बिफोर, जनक र ज्यन्ती, उन्नत जातका बादामको खेती गरिदै आइएको छ । प्रति किलो १ सय १० रुपिया बादामको मुख्य बाजार चितवन, बुटबल, नारायणघाट, पोखरा संगै स्थानिय बजारहरु समेत रहेकोे गुठीपर्साैनी ७ पिपरपातीका कृषक युवराज मौर्यले बताउनु भयो । विगत ५ वर्षदेखि बादाम खेती गर्दै आएका मार्यले समयमा पानी नपर्ने किराको प्रकोप बढने, बढि बेतुक पानी पर्ने र कृषकलाई प्राविधिक ज्ञान नभएको कारणले बादाममा हस देखिएको बताउनु भयो ।  

जेष्ठ महिनाबाट सुरुहुने बादाम खेती ४ महिनामै तयार हुने गर्दछ । बादाम खेतीका लागि गण्डक क्षेत्रका जमिनहरु उत्तम मानिन्छ । उखुभन्दा कम लगानी र थोरै समयमा बढि मुनाफा दिने बादाम खेती यस गण्डक क्षेत्रमा लोकप्रिय बन्दै गएपनि कृषकलाई यस खेतीबारे बैज्ञानिक प्रविधिका ज्ञान तथा परामर्श नपाउने र सिंचाईको उचित व्यवस्था नरहेको कृषकहरुले गुनासो गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द