Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बर्दघाटमा संचालित ब्यापार मेला २ दिन थपियो, शनिवार मेलामा दर्शकहरु अटाएनन्

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

<p><b>कृष्ण ढकाल/ मंसीर–४, नवलपरासी । &nbsp;</b>बर्दघाटमा संचालीत कृषि ,पर्यटन तथा औद्योगीक ब्यापार मेला २ दिन थपिएको छ । कार्तिकको २५ गतेवाट शुरु भएको मेला मंसीरको ५ गते सम्म संचालन गर्ने भनिए पनि मेलाको रौनकता दिन प्रतिदिन बढ्न थाले पछि मेला २ दिन थपगरीएको आयोजक संस्थाका अध्यक्ष मिनराज शर्माले बताउनु भएको छ। मंसीरको ५ गते समापन गर्ने भनिएको मेला अब मंसीरको ७ गते सम्म संचालन हुने भएको छ। बर्दघाटमा संचालीत ब्यापार मेलाको १० औं दिन शनिवार परेकाले मेलामा दर्शकहरुको भिडभाड खचा खच रहेको थियो शनिवार करिव २५ हजार दर्शकले मेला अवलोकन गरेको आयोजकले बताएको छ । त्यसै गरी मेलामा शनिवारमा करिव ८० लाख बढीको आर्थिक कारोवार भएको आयोजक संस्थाका महासचिव लेखनाथ न्यौपानेले बताउनु भएको छ। शनिवार लोक तथा दोहीगायक बिमलराज क्षेत्री, लोक गायक युवराज भुषाल,डान्सर रमा न्यौपाने, मोडल डान्सर अंजली अधिकारी लगाएत स्थानिय कलाकारहरुको प्रस्तुती रहेको मेलाका &nbsp;सांस्कृतिक संयोजक कृष्ण प्रसाद पाण्डेले बताउनु भएको छ ।</p><p><img src="http://sajhasabal.com/uploads/posts/b282fc5a4ae6e66379c6870cbde8e21e1479564784.jpg" style="width: 960px;"><br></p><p>स्थानिय कृषी,पर्यटन तथा ब्यापारको पर्वद्धन गर्ने उद्धेश्यले बर्दघाट उद्योग वाणीज्य संघले आयोजना गरेको उक्त बर्दघाट कृषी,पर्यटन तथा औद्योगीक ब्यापार मेलामा सुचना पं्रविधि (आईटी,) कृषि, पर्यटन, बाल उद्यान ,स्थानिय घरेलु उत्पादन,तथा लत्ता कपडा आदिको स्टलहरु राखिएको छ । त्यस्तै मेलामा तयारी पोशाक, जुत्ता र छालाजन्य उत्पादन, हस्तकला, घरायसी उपभोगका सामान, फर्निचर, निर्माण समाग्रीहरु, खाद्य परीकार, खेलौना, अटोमोबाईल, सेनेटरी वेयर, कृषि औजार तथा समाग्री, कृषि उत्पादन, पर्यटन र सूचना केन्द्र एवं प्रबद्र्धनका स्टलहरु राखिएका छन् । स्थानिय तथा राष्ट्रि कलाकारहरुको सांस्कृति कार्यक्रमहरु र डुंगा सफारी मेलाको मुख्य आकर्षण रहेको छ । मेला मंसिर७ गते सम्म संचालन हुने छ ।</p>