मोहम्मद ईजहार शेष/मङ्सिर ५, नवलपरासी । गँहु छर्ने बेलामा बजारमा बिउ र मलखादको अभाव भएको नवलपरासीका किसानहरुले बताएका छन । कात्र्तिक महिनाको अन्तिम हप्तादेखि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/मङ्सिर ५, नवलपरासी । गँहु छर्ने बेलामा बजारमा बिउ र मलखादको अभाव भएको नवलपरासीका किसानहरुले बताएका छन । कात्र्तिक महिनाको अन्तिम हप्तादेखि"/>

2026-06-17 05:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

गँहुको बिउ र मलखादको अभाव भएपछि नवलपरासीका किसान चिन्तीत

2016-11-20


मोहम्मद ईजहार शेष/मङ्सिर ५, नवलपरासी । गँहु छर्ने बेलामा बजारमा बिउ र मलखादको अभाव भएको नवलपरासीका किसानहरुले बताएका छन । कात्र्तिक महिनाको अन्तिम हप्तादेखि मंसिर १५ गते भित्र गँहु छर्न उपयुक्त समय मानिने भएपनि अहिले नवलपरासीमा गँहुको बिउ र मलखाद अभाव भएको छ । 

गँहुको बिउ र मलखाद अभाव भएपछि उत्पादन घट्ने हो कि भनेर किसान चिन्तामा परेका छन । गाँउगाँउवाट किसानहरु अहिले बिउ र मलका लागि भन्दै सदुरमकाम परासी धाईरहेका छन । तर दिनभरी लाईन वस्दा पनि विउ र मल नपाएपछि रित्तै फर्किनुपरेको किसानको गुनासो छ । 

नवलपरासीमा जिल्ला कृषि विकास कार्यालयको सिफारिसमा राष्ट्रिय विउविजन कम्पनी भैरहवाका डिलरहरु मार्फत चालिस प्रतिशत अनुदानमा गहुँको विउ र मल विक्री भईरहेको कृषि कार्यालयले जनाएको छ । कार्यालयले गत वर्षकै अनुपातमा अर्थात करिव साढे चार सय मेट्रीक टन विउ र मल आवश्यक पर्ने गरि सिफारिस गरेको भएपनि अहिले गहुँ खेति गर्ने किसानको संख्या बढेको तथा विगत वर्षमा भारतबाट विउ ल्याउने किसानले समेत अहिले नेपालकै विउ प्रयोग गर्न थालेपछि माग बढेको कार्यालयले जनाएको छ । मल विउको अभाव भन्दा पनि गहुँ खेति गर्ने किसानको संख्या बढेकाले अभाव भएको जस्तो देखिएको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत योगेन्द्र यादवले बताउनुभयो ।  अहिले भारतमा ५ सय र हजारको नोट प्रतिवन्ध लागेपछि नेपाली रुपैँयाको समेत अवलम्बन भएकाले पनि नेपाली किसानहरु विउ खरिदका लागि भारत गएका छैनन । 

नवलपरासीमा कुल  १८ हजार ७ सय २० हेक्टर क्षेत्रफलमा गँहु खेति गरिन्छ । उक्त क्षेत्रफलमा गरिएको गँहु खेतिमा गत वर्ष  ३५ हजार ९१ मेट्रिकटन गँहु उत्पादन गरिएको थियो भने यो वर्ष माटोमा चिस्यान राम्रो भएकाले गँहुका उत्पादनमा बृद्धि हुने कार्यालयले अनुमाान गरेको छ । तर किसानले भने समयमा मल विउ नपाए उत्पादन घट्न सक्ने बताएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ