पर्वतका कृषकहरुलाई जमिन वाँझो नराखौँ भन्ने चेतनामुलक सन्देश घरघरमा पु¥याउन थालिएको छ । जिल्ला कृषि विकास कार्यालयले जिल्लाभरि सचेतनामुलक कार्यक्रम गर्दै कृषकहरुलाई जानकारी दिने कार्यक्रम शुरु गरेको हो । जमिन वाँझो हुँदा जिल्लामा आयात उच्च दरमा बढेपछि केन्द्रिय कार्यक्रम अन्तर्गत क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वतका कृषकहरुलाई जमिन वाँझो नराखौँ भन्ने चेतनामुलक सन्देश घरघरमा पु¥याउन थालिएको छ । जिल्ला कृषि विकास कार्यालयले जिल्लाभरि सचेतनामुलक कार्यक्रम गर्दै कृषकहरुलाई जानकारी दिने कार्यक्रम शुरु गरेको हो । जमिन वाँझो हुँदा जिल्लामा आयात उच्च दरमा बढेपछि केन्द्रिय कार्यक्रम अन्तर्गत क"/>
२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

जमिन वाँझो नराख्न कृषकहरुलाई सचेतना अभियान

२०७३, १२ मंसिर आईतवार ०५:३५

पर्वतका कृषकहरुलाई जमिन वाँझो नराखौँ भन्ने चेतनामुलक सन्देश घरघरमा पु¥याउन थालिएको छ । जिल्ला कृषि विकास कार्यालयले जिल्लाभरि सचेतनामुलक कार्यक्रम गर्दै कृषकहरुलाई जानकारी दिने कार्यक्रम शुरु गरेको हो । जमिन वाँझो हुँदा जिल्लामा आयात उच्च दरमा बढेपछि केन्द्रिय कार्यक्रम अन्तर्गत कृषकहरुका माझमा सचेतनामुलक अभियान थालिएको हो ।
आजवाट मिलनचौकसेवा केन्द्र अन्तर्गतका गाविसहरुका कृषकलाई यसवारेमा सचेतना कार्यक्रम सञ्चालन गरेर अभियानको थलानी गरिएको छ । जिल्लाका सेवा केन्द्र अन्तर्गतका १० ठाउँमा जमिन वाँझो नराखौँ भन्ने सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिनुभयो । अभियान अन्तर्गत आज मिलनचौक सेवा केन्द्र अन्तर्गत रहेका धाईरिङ, शालिजा,नाग्लीवाङ, वाँसखर्क, माझफाँट र लेखफाँटका अगुवा कृषक, कृषक समूह, कृषि सहकारीमा आवद्ध भएकाहरुलाई सचेतनामुलक अन्तरक्रियामा सहभागि गराइएको थियो । उक्त अवसरमा बोल्दै वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले सिँचाईको सुविधा भएर पनि खेतवारी वाँझो राख्नेहरुलाई कारवाहि गरिने जानकारी दिनुभयो ।
गतवर्ष जिल्ला परिषदवाटै प्रति रोपनी ५० रुपैयाँ जरिवाना लगाउने नितिगत निर्णय गरिएको स्मरण गराउँदै उहाँले स्थानीय स्वयत्त सासन ऐन २०५५ र नियमावली २०५६ अनुसार उक्त नीतिगत व्यवस्थाको कडाईका साथ कार्यान्वयन हुने बताउनुभयो । जिल्लामा सिँचाईको सुविधा भएपनि अझै २ हजार ४ सय २० हेक्टर जमिन वाँझो भएको उहाँले जानकारी दिनुभयो । ठाउँ सुहाउँदो वाली लगाउन उहाँले कृषकहरुलाई सुझाउनुभयो । कार्यक्रममा कृषकहरुले सिँचाईको अभाव, जनशक्तिको अभाव, बजारको समस्या लगायतका समस्याले खेत वाँझिएको गुनासो गरेका थिए । कार्यक्रममा स्थानीय कृषकहरुलाई प्रधानमन्त्री आधुनिक कृषि परियोजना कार्यक्रम सञ्चालन गर्न लागिएको बारेमा पनि जानकारी गराइएको थियो ।
जिल्लामा वल्क, जोन र पकेट क्षेत्र छुटाएर परियोजना सञ्चालन हुन लागेको कृषि कार्यालयले जानकारी दिएको छ । कार्यक्रममा कृषि कार्यालयका प्राविधिक सहायक रामकृष्ण अर्यालले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । स्थानीय जेष्ठ कृषक यामवहादुर कार्किको अध्यक्षतामा भएको कार्यक्रममा अगुवा कृषक यज्ञप्रसाद सुबेदी गौरीस्वर पौडेल, शारदा शर्मा, टुङगनाथ सुबेदी लगायतका कृषकहरुले आफ्नो अनुभव र अपेक्षाहरु सुनाउनुभएको थियो । जमिन वाँझो नराखौँ भन्ने चेतनामुलक कार्यक्रम यसै चौमासिक भित्र पातिचौर, शिवालय केन्द्र अन्तर्गत २ ठाउँमा, ठुलीपोखरी, थापाठाना, फलेवास, रानीपानी त्रिबेणी र लुँखुमा सञ्चालन गरिने भएको छ ।
जमिन वाँझो हुँदा विदेशवाट खाद्यन्न,फलफुल, दलहन, तेलहन लगायतका सामाग्रीहरु ठुलो मात्रामा आयात भैरहेको छ । कृषि विकास मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ अनुसार नेपालमा आयात ७५ अर्व वरावर हुने गरेको छ भने निर्यात जम्मा १२ अर्वको हुने गरेको छ । सबैभन्दा वढि खाद्यन्न ३५ अर्वको हुने गरेको छ । तरकारी १३. ६ अर्व, फलफुल ८ अर्व, तेलहन ७ अर्व, माछा १ अर्व आयत हुने गरेको देखिएको छ । धानको उत्पादन वार्षिक २१ लाख टनले घट्दो मात्रामा रहेको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ