कैलाली जिल्ला टिकापुर नगरपालिकाको वडा नं. ७ झण्झटपुरमा कालु हमालले चितवनको रामपुर क्याम्पसबाट २०४० सालमा कृषि विज्ञान विषयमा स्नातक  गर्नुभयो । त्यतिवेला वहाँले चाहानुभएको भए निकै आकर्षक सरकारी जागीर खान सक्नुहुन्थ्यो तर वहाँले त्यसो नगरी आफ्नै स्वाभिानमा रमाउन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कैलाली जिल्ला टिकापुर नगरपालिकाको वडा नं. ७ झण्झटपुरमा कालु हमालले चितवनको रामपुर क्याम्पसबाट २०४० सालमा कृषि विज्ञान विषयमा स्नातक  गर्नुभयो । त्यतिवेला वहाँले चाहानुभएको भए निकै आकर्षक सरकारी जागीर खान सक्नुहुन्थ्यो तर वहाँले त्यसो नगरी आफ्नै स्वाभिानमा रमाउन"/>
२०८३, ८ बैशाख मंगलवार
कृषि गतिबिधी

किसानलाई टुरिजममा ल्याएर ग्ल्यामरस बनाउनुपर्छ : विएस्सी एजी गर्नुभएका कालु हमालको यो कमाल

२०७३, १७ मंसिर शुक्रबार १७:०३

कैलाली जिल्ला टिकापुर नगरपालिकाको वडा नं. ७ झण्झटपुरमा कालु हमालले चितवनको रामपुर क्याम्पसबाट २०४० सालमा कृषि विज्ञान विषयमा स्नातक  गर्नुभयो । त्यतिवेला वहाँले चाहानुभएको भए निकै आकर्षक सरकारी जागीर खान सक्नुहुन्थ्यो तर वहाँले त्यसो नगरी आफ्नै स्वाभिानमा रमाउनका  बर्दियाको सिमानासँग जोडिएको कैलाली जिल्लाको टीकापुरमा आएर एग्रो फार्मिङ (बनाना कटेज) शुरु गर्नुभयो । जसलाई टुरिजमको संरचनामा विकास गर्दै मनग्ये आम्दानीका साथै पर्यटन पनि प्रर्वद्धन गरिरहनुभएको छ । वहाँसँग केही समय अघि साझा सवाल बर्दियाका सम्पादक प्रभात सुवेदीले गर्नुभएको निकै रोचक कुराकानी :

केराका ४० परिकारका साथमा कालु हमाल …

यो क्षेत्रमा कसरी आउनुभयो ? 

विएस्सी एजि सकेपछि २०४० सालमा कमर्सियल फर्मिङ गर्न आएको थिएँ तर  सरकारले जग्गाको होल्डिङ कम गरेकोले म यतातिर मोडिएँ र १ कठ्ठा जग्गाबाट एग्रो टुरिजम भनेर शुरु गरेको हुँ । अहिले यसको क्षेत्र वृद्धि गरी हाल एउटा रिसोर्ट सञ्चालन गरेका छौँ । अरु थप दुइओटा सञ्चालनको क्रममा रहेका छन् । 

अनि यहाँबाट उत्पादन हुने परिकारका बारेमा बताइदिनुहुन्छ कि ? 

यहाँबाट ४० प्रकारका केराका परिकारहरुको स्वाद लिन पाइन्छ । जसमा वियर, ब्राण्डीदेखि, मःम, चिप्स, रोटी, अचार, तरकारी लगायतका छन् । विभिन्न भेराइटीहरुमा हामी परिकारहरु तयार गर्ने गरेका छौँ । 

केराकाे तरकारी र अचारका परिकारहरु ….

यहाँले यसलाई शहरबजारतिर नगरेर किन गाउँमा केन्द्रित गर्नुभयो ? 

हाम्रो उद्देश्य किसानहरु कसरी टुरिजममा कसरी आउने भन्ने रहेको छ । यो देशको विकास हुनका लागि किसानहरु टुरिजम क्षेत्रमा आउनु पर्दछ । नेपालको विकासका लागि पनि विशेषज्ञहरुले कि त जलविद्युत कि त टुरिजम नै मुख्य आधार रहेको बताएका छन् । तर जलविद्युतको विस्तारमा विविध समस्याहरु छन् । तर टुरिजमलाई कुनै क्षेत्रमा मात्रै सिमित र संकुचित गर्न थाल्यौँ भने यसले व्यापकता पाउन सक्दैन । बहुसङ्ख्यक जनता कृषक भएकोले तिनिहरुलाई कसरी टुरिजमको क्षेत्रमा ल्याउन सकिन्छ भन्ने हिसाबले हामीले एउटा यस्तो मोडल तयार ग¥यौँ जसलाई जसले जहाँ पनि गर्न सकिने भएको छ । यसलाई नेपालको कुनै पनि भौगोलिक क्षेत्रमा सहज रुपमा सञ्चालन गर्न सकिन्छ । यसो भयो भने किसानको जिन्दगी ग्ल्यामरस हुन्छ भन्ने हिसाबले यो सानो प्रयास गरेका हौँ । 

अनि यति धेरै योग्यता भएर पनि सरकारी सेवामा प्रवेश गर्ने मोह जागेन त ? 

सरकारी जागीरतर्पm आकर्षण कहिल्यै पनि भएन किनकी यसको लागि कि त करप्टेड हुनु प¥यो कि त फ्रस्टेड हुनु प¥यो । यि दुई विकल्पहरुबाट पर रहनका लगि नै मैले यो अवधारणा ल्याएर यसलाई टुरिज्मको रुपमा विकास गर्ने सोच बनाएको हुँ । यसमा कसैलाई ठग्न पनि परेन, ढाँट्न पनि परेन त्यसैले त्यतिबेला यसैलाई नै उपयुक्त मानेको हुँ । 

यसबाट सन्तुष्ट हुनुहुन्छ त ? 

छु । यसबाट पनि अरबौँ कमाउन सकिने ठाउँ छ । नेपालमा विविध विविधता छ र यही विविधताबाट नै हामी धनी बन्न सक्छौँ । नेपालको टुरिजम तीनओटा क्षेत्रमा मात्रै रहेको एडभेन्चर, नेचर र कल्चरमा मात्रै सिमित रहेकोमा अब त्यो भन्दा पनि व्यापक गर्नु पर्दछ । यसको सिमितता तोड्नु प¥यो र नयाँपन दिन सक्नु पर्यो । विविधता विक्री गरौँ । हजारौँ रिसोर्ट खोलौँ । आय आर्जन त कति हो कति ? भारत र चीनबाट यहाँ आराम गर्न बोलाउँ अरु देशबाट भन्दा पनि छिमेकी मुलुक नै हाम्रो लागि आम्दानीका स्रोत हुन सक्दछन् । 

उसोभए विदेशबाट कत्तिको पर्यटकहरु घुम्नका लगि आउँछन् ? 

 सन्सारभरका पर्यटकहरु नै आएका छन् यहाँ । अहिले पनि भारतको दिल्ली स्थित सोफिया कलेजबाट एग्रो टुरिजम विषयमा डकुमेन्ट्री तयार गर्न विद्यार्थीहरु आएका छन् जसको सुटिङ भैरहको छ । 

खासगरी केराका परिकारहरुमा कुन–कुन भागहरु प्रयोग गरिन्छन् ? 

केराको बोटको हरेक भाग प्रयोग गर्न सकिन्छ । हामीले अझ यसको पूर्ण सदुपयोग गर्न सकेका छैनौँ । फल, बुगो, जराहरुको प्रयोग गरेर नै यी परिकारहरु तयार गरिएको हो । खासगरी यसबाट हामीले २० देखि २२ लाख वर्षमा एक कठ्ठाबाट आम्दानी गर्न सक्छौँ । त्यसैले हामीले विविधता बचाएर भारत र चीनको मात्रै जनतालाई आकर्षण गर्न सक्यौँ भने पनि हामी धेरै हदसम्म सम्पन्न हुन सक्छौँ । 

केराको बुँगो पनि यसरी प्रयोग गरिन्छ …

यस सम्बन्धी कतै केही तालीम पनि लिनुभएको छ कि ? 

खासै छैन, आफ्नै सोच र योजनाले नै यहाँसम्म आएँ तर खाद्य तथा गुणस्तर विभागका विजय खनालले भने केही आइडिया दिनुभयो र केराको फलबाट वाइन तथा ब्राण्डी बनायौ । बजारमा गएर विक्री नभएको केराबाट रक्सी बनाएर राख्यौँ भने किन्न पर्दैन अर्गानिक रक्सी तयार गरेका छौ । यसका लागि आवश्यक कच्चा पदार्थ यहीँ नै पर्याप्त छ कतैबाट ल्याउन परेको छैन ।

तपाईंले यो काम गर्दै गर्दा के–के चुनौतीहरु देख्नुहुन्छ ?  

चुनौतीहरु थुप्रै रहेका छन् । तर हामीलाई ती चुनौतीहरुको सामना गर्नका लागि बचपनदेखि नै सिकाएन यो समाजले । आफूलाई आइसोलेट गर्न मात्रै सिकायो । सामना गर्ने बानीको विकास नभएका कारण “गुमराह तो वो है जो घरसे निकले नही” भन्ने भएको छ । चुनौतीहरु भन्दा पनि हाम्रो नेपाली संस्कार नै दोषी छ एकजनाले कमाउने पूरा परिवारलाई थेग्नुपर्ने । विदेशमा जे काम पनि गर्न हुने तर यहाँ गर्न नहुने । चुनौतीहरुको सामना गर्दै अगाडि बढ्न सकेमा प्रगति नै यसमै छ ।

कालु हमालका साथमा साझा सबाल बर्दियाका सम्पादक प्रभात सुवेदी ….

अन्तमा, के भन्न चाहनुहुन्छ ? 

नेपालीहरुमा नेपाललाई हेर्ने दृष्टीकोण नै फरक छ । नकारात्मक दृष्टिकोणबाट हेरेर नेपालमा केही पनि छैन भन्ने बानी आम नेपालीहरुमा परिसकेको छ । तर, यो हैन नेपालमा के छैन ? नेपालमा सबै थोक छ । “स्टिल दियर आर अ लट अफ होप ईन नेपाल, ईफ यू विल नट विलिभ ईट, वन्स यू कम यू विल नेभर फर्गट, दिस इज माइ च्यालेन्ज ! र धन्यवाद तपाईलाई र तपाईको यो मिडिया साझा सबाल अनलाइनलाई पनि । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ