ललित बोहरा /२० मंसिर डडेल्धुरा । डडेल्धुरा जिल्लामा पछिल्लो समय रक्तदान गर्नेको संख्यामा  बृद्धि भएको छ । सामान्यत ः पुरुष बढी रक्तदान गर्ने भएतापनि पछिल्लो समय भने महिलाहरुको संख्यामा पनि बृद्धि हुन थालेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डडेल्धुरामा यस मह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा /२० मंसिर डडेल्धुरा । डडेल्धुरा जिल्लामा पछिल्लो समय रक्तदान गर्नेको संख्यामा  बृद्धि भएको छ । सामान्यत ः पुरुष बढी रक्तदान गर्ने भएतापनि पछिल्लो समय भने महिलाहरुको संख्यामा पनि बृद्धि हुन थालेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डडेल्धुरामा यस मह"/>
2026-06-23 02:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डडेल्धुरामा रक्तदान गर्नेको सख्यामा वृद्धि

ललित बोहरा /२० मंसिर डडेल्धुरा । डडेल्धुरा जिल्लामा पछिल्लो समय रक्तदान गर्नेको संख्यामा  बृद्धि भएको छ । सामान्यत ः पुरुष बढी रक्तदान गर्ने भएतापनि पछिल्लो समय भने महिलाहरुको संख्यामा पनि बृद्धि हुन थालेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डडेल्धुरामा यस महिना मात्रै रक्तदान गर्ने १५ जना व्यक्तिहरु मध्ये २ जना महिलाहरुले पनि रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डडेल्धुरका मन्त्री डम्बर भण्डारीले बताएका छन । उनका अनुसार अन्य महिनाहरुमा महिलाहरुले खासै रक्तदान गर्न चासो नदेखाउने गरेको भएपनि यो महिनामा आइतबार मात्रै २ जना महिलाले रक्तदान गरेका हुन । महिला रक्तदाताहरुमा ह्वाइट पार्क कलेज चिम्रिकोट डडेल्धुरामा अध्यनरत छात्रा कमला थापा र पद्मा साँउद हुन । महिला रक्तदाता दुइटैले आफ्नो जीवनको १८ बर्ष पुरा भएको अवसरमा रक्तदान गरेको बताएकि थिइन । अघिल्लो महिनामा भने रक्तसञ्चार केन्द्रमा १२ जना ब्यक्तिले स्वेच्छिक रुपमा रक्तदान गरेका थिए । यसरी स्वैच्छिक र नियमित रक्तदान गर्ने रक्तदाताहरुलाई बिभिन्न कार्यक्रमहरुमा धन्यबाद दिने र सम्मान समेत गर्ने गरिएको उनको भनाई छ । अहिले डडेल्धुरा जिल्लामा मासिक रुपमा १४ प्रिन्ट रगत खपत हुने गरेको बताइएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डडेल्धुराका टेक्नोलोजिष्ट गणेश ऐरले स्वयमसेवी रक्तदाताहरुको सहयोगले अहिले डडेल्धुरा जिल्लामा रगतको अभाव नभएको बताएका छन । रक्तदानको बारेमा बढ्दै गएको चेतना र ज्ञानका कारणले रक्तदान प्रति महिलाको चासो बढ्दै गएको रक्तसञ्चार केन्द्रका टेक्नोलोजिष्ट ऐरले बताएका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपाद्वारा विधान संशोधन गरी पार्टीलाई थप समावेशी बनाउने निर्णय स्रोत नखुलेको ११ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ अब नयाँ राष्ट्रपति बाबुराम भट्टराई बन्न सक्छन् : हर्क साम्पाङ टिपर दुर्घटनामा चालकको मृत्यु निर्धारित समयमा सुरु भएन रास्वपाको बन्दसत्र पछिल्लो २४ घण्टामा ट्राफिक कारबाहीबाट १० लाख ५३ हजार ५१० राजस्व सङ्कलन सुनचाँदीको मूल्य बढ्यो हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल