मङ्सिर २९, डडेलधुरा | सुदुरपश्चिममै पहिलोपटक डडेल्धुरामा व्यवसायिक खेती सुरु गरेको किवी फलले उत्पादन दिन थालेको छ । फल पाक्न थालेपछि किसान निकै हर्षित भएका छन ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २९, डडेलधुरा | सुदुरपश्चिममै पहिलोपटक डडेल्धुरामा व्यवसायिक खेती सुरु गरेको किवी फलले उत्पादन दिन थालेको छ । फल पाक्न थालेपछि किसान निकै हर्षित भएका छन । 
2026-11-02 01:54 AM
कृषि गतिबिधी

डडेल्धुरामा पहिलो पटक किवी फल पाक्यो, किसान हर्षित

मङ्सिर २९, डडेलधुरा | सुदुरपश्चिममै पहिलोपटक डडेल्धुरामा व्यवसायिक खेती सुरु गरेको किवी फलले उत्पादन दिन थालेको छ । फल पाक्न थालेपछि किसान निकै हर्षित भएका छन । 

चार वर्षअघि जिल्ला कृषि विकास कार्यालयको पहलमा व्यवसायिक खेती गर्न कृषकलाई एक सयदेखि दुई सय वटा बिरुवा बितरण गरि सुदूरपश्चिममै पहिलो पटक किवि खेती सुरु गरिएको थियो । लहरे फल किवी लगाएको ३ वर्षदेखि फल्न सुरुभई ५० वर्षसम्म निरन्तर फल्ने गर्छ । गत बर्ष पुषमा रोपेको किवीको फल मंसिर अन्त्यमा पाकेपछि कृषक उत्साहित बनेका हुन । किवी फललाई चाउरीपन, उच्च रक्तचाप, पोषण, छाला तथा मुटुका लागि महत्वपूर्ण औषधिको रुपमा लिइन्छ । 

सुदूरपश्चिमका लागि नौलो नगदे बाली मानिएको यसको पहिलो चरणमा प्रचार–प्रसारकै लागि जिल्लाभर जम्मा आठ सय बुहुबर्षिय फल किवीका बिरुवा रोपिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । १२ सयदेखि २ हजार मिटरसम्मको उचाईमा हुने यो खेती अहिले देशका १० जिल्लामा ७५ हेक्टरमा हुने गरेको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द