Skip to content
Friday, July 17, 2026 Nepali Online Media

डडेल्धुरामा फोटोसहीतको मतदाता नामावली संकलन हुने

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

ललित बोहरा /३० मंसिर डडेल्धुरा   निर्बाचन कार्यालयल डडेल्धुराले फोटो सहीतको मतदाता नामावली संकलन तथा अद्याबधि  कार्यक्रम २०७३ सुरु गर्ने भएको छ । स्थानीय तहको निवार्चनलाई मध्य नजर गर्दै फोटो सहीतको मतदाता नामावलीमा नाम दार्ता गराउन छुटेकाहरुलाई समाबेश गर्ने उद्देश्ले कार्यक्रम सुरु हुन लागेको हो । जिल्लाका २ नगरपालीकाका वडाहरु र १८ गाँउ बिकास समीतिमा नामावली संकलन तथा अद्याबधि सुरु गर्न थालेको हो । पुष ८ गते देखि माघ ३ गते खटाईने टोली गाँउ बिकास समीतिमा गाबिस र नगरपालीकामा वडा,वडामा टोली जान लागेको जिल्ला निर्बाचन कार्यालय डडेल्धुराका निर्वाचन अधिकृत कृष्ण नायकले बताए ।

मतदाता नामावली संकलन तथा अद्याबधिक गर्न गाउ ,गाउमा चार जनाको टोली खटाईने  र जिल्ला बिकास समीतिका सामाजिक परीचालक र गाँउ बिकास समीतिका सचिबको सहयोग लिएर काम गर्ने निर्बाचन कार्यालय डडेल्धुराले जनाएको छ ।  फोटो सहितको मतदाता नामावली संकलन तथा अद्यावधिक सम्बन्धि कार्यक्रममा राजनीतिक दलका प्रतिनीधिले अव हुने स्थानीय तहको निर्वाचनमा कुनैपनि मतदाताको फोटो सहितको नामावली संकलनमा नछुटाउन आफ्नो दलको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । जिल्ला निर्बाचन कार्यालयल तथ्याङक अनुसार डडेल्धुरामा २०६४ सालको संबिधान साभको निर्वाचनमा मतदाता संख्या एक लाख चार सय सात रहेको छ भने २०७० सालको निर्वाचनमा ६५ हजार आठ सय ६७ रहेको छ ।

यस्तै  डडेल्धुरा जिल्लाको २०७३ साल सम्म १६ बर्ष माथीको कुल अनुमानीत जनसंख्या  ८४ हजार सात सय २२ रहेको जिल्ला निवार्चन कार्यालय डडेल्धुराले जनाएको छ । फोटो सहीतको मतदाता  नामावलीबाट १६ बर्ष माथिका अनुमानीत ९ हजार चार सय ५० बञ्चित रहेको  जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ । भारत लगायतका बाहिरी देशमा रोजगारीको शिलशिलामा नागरीकहरु धेरै रहेकोले फोटो सहीत मतदाता नामावलीमा नाम दार्ता गराउनु छुटेका छन् ।