महेन्द्र केसी 

पर्वत । जिल्लाको देउपुर ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी 

पर्वत । जिल्लाको देउपुर ग"/>

2026-11-02 01:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पकेट क्षेत्रमै सुन्तलाको अभाव

महेन्द्र केसी 

पर्वत । जिल्लाको देउपुर गाविस सुन्तलाको राम्रो पकेट क्षेत्रका रुपमा मानिन्छ । बर्षेनी ट्रकका ट्रक सुन्तला निर्यात गर्ने देउपुरका सुन्तला कृषिकलाई यतिबेला सुन्तला बेच्नको लागि भ्याइनभ्याइ हुन्थ्यो । सुन्तला बगैचामानै खरिद गर्नको लागि छिमेकी जिल्ला पोखरा, बाग्लुङ, काठमाडौ लगायतका क्षेत्रका व्यापारी देउपुरमा पुग्थे । तर यस बर्ष देउपुरमा सुन्तला कृषकहरु आफै सुन्तला किनेर खानुपर्ने बाध्यतामा छन् ।

बैशाखमा परेको असिनाका कारण सुन्तला उत्पादन  नभएपछि देउपुरका सुन्तला कृषक निराश मात्रै भएका छैनन् । आफ्नो रोजीरोटी बनाउँदै आएको पेशानै धरापमा परेको बताउँछन् । असिनाले सुन्तलाको फुल र बचिला मात्रै झारेन सुन्तलाका बोटनै मर्न थालेपछि किसान चिन्तित बनेका छन् । गत बर्ष २ करोड बराबरको सुन्तला निर्यात भएको देउपुर गाविसमा अहिले सुन्तला कृषकहरु आफैले सुन्तला किनेर खानुपर्ने बाध्यता आएको छ । आजको सहारान्यूजमा खबर छ ।

माछापुच्छे सुन्तला कृषि सहकारीका अध्यक्ष दाताराम चापागाइ भन्छन् यस बर्ष गाउँमा सुन्तलाको उत्पादन छैन । आफैले किनेर खानुपर्ने बाध्यता छ । गत बर्ष २ लाख ५० हजार सुन्तला विक्रिबाट आम्दानी गरे । अहिले सुन्तला बगौचाभरीका सुन्तला जम्मा पारेपनि ५० हजार उठ्ने अबस्था छैन । उनले भने ।

८ रोपनी जग्गामा १२० वटा सुन्तला बोट रहेको उनको बगैचामा हेर्न हो भने अलिअलि सुन्तलाका दाना मात्र देख्न सकिन्छ । असिनाले सुन्तलाको फुल र बचिला मात्रै झारेन, बोटका हाँगा समेत बाँच्यो उनले भने । असिनाले सुन्तालाको विउनै मास्ने हो कि भन्ने चिन्ता थियो दुइचार दाना फल लाग्यो, सिचाईको अभाव, रोगकिराको आक्रमणले पनि त्यहि बचेका सुन्तलालाई समेत राम्रो हुन थिएन चापागाइले भने ।

 गत बर्ष उत्कृष्ट कृषकका रुपमा क्षेत्रीय पुरस्कार समेत पाएका  देउपुर ७ दोबाटोका सुन्तला कृषक टिकाराम तिमिल्सीनाको अबस्था र पीडा पनि उही छ । सुन्तला र मौरी व्यवसायबाटनै घरखर्च चलाउँदै आएका तिमिल्सीले १४ रोपनीमा सुन्तला खेती गरेका छन् । उनले पनि गत बर्ष ३ लाखको सुन्तला विक्रि गरेकोमा यो बर्ष सुन्तलाको उत्पादन नभएको बताए ।

३९ बर्ष सुन्तला खेती गरे यो बर्षजस्तो सुन्तलाको अनिकाल परेको थिएन । यो बर्ष सुन्तलाको लागि अनिकालनै लाग्यो तिमिल्सीनाले भने । सुन्तला र मौरी व्यवसायबाटनै घरखर्च , अपाङ् छोरीको हेरचाह र उपचारखर्चका साथै  शिक्षा दिक्षाको व्यवस्था समेत मिलाउँदै आएका उनले अहिले सुन्तलाको लागि हाहाकार रहेको बताए ।

सुन्तला र मौरीबाट २ छोरीको विहे गराए, एक बुहारी भित्राए, एउटा छोरा पोखरा पढ्दै छ, अपाङ्ग छोरीको उपचारपानी मिलाउँदै आएको थिए । यो बर्ष सुन्तला असिनाले खायो, आफैले समेत सुन्तला किनेर खानुपर्ने अवस्था छ  तिमिल्सीनाले  भने ।

त्यस्तै देउपुर ७ दोबाटोकै अर्का कृषक बाबुराम तिमील्सीनाको पनि गुनासो र समस्या उही छ । ३ रोपनी जग्गामा ७० वटा बोट लगाएका उनले गतबर्ष २ लाख ५० हजार आम्दानी गरे तर अहिले त्यो अबस्था  छैन । अरुको भन्दा मेरो बगैचामा केहि सुन्तला छ गत बर्षको तुलनामा धेरै आम्दानी गर्न नसकेपनि तीस चालिस हजार रुपैयाँ आम्दानी हुन्छ कि भन्ने आश छ तिमिल्सीनाले भने । सिचाईको अभाव, ढुसी र वरपर ठूला रुख भैदिनाले त्यसको छहारीका कारण पनि सुन्तला उत्पादनमा कम हुने गरेको उनले बताए । यो बर्ष गाउँका सुन्तला कृषकको लागि मात्रै नभएर अन्य हिउँदे खेती गर्ने कृषकको लागि समेत असिना अनिकाल बनेर आएको उनले बताए ।

माछापुच्छे सुन्तला कृषि सहकारीका सचिव  एवं सुन्तला कृषक सुर्यप्रसाद शर्माले आफ्नो बगैचामा सुन्तलाको बोट बाहेक अरु नभएको बताए । १ रोपनी जग्गामा साना ठूला गरी १२० वटा सुन्तलाबोट रहेको बगैचामा मुस्किलले १०।१२ केजी सम्म सुन्तला निकाल्न सकिने बताए । गत बर्ष ३५ हजार सुन्तलाबाट आम्दानी गरेका उनले यो बर्ष सुन्तलाबाट कुनै लाभ नहुने बताए ।

गोर्खाबाट ल्याइएका विरुवाबाट गाउमा सुन्तलाका बोटमा रोग सरेको उनले बताए । जिल्ला कृषि विकास कार्यालयले गोर्खाबाट विरुवा ल्याएर वितरण गरेको र उक्त विरुवाबाट अन्य बोटमा समेत रोग सरेका कारण सुन्तलाको बोट मर्ने, सुक्ने तथा पहेँलो हुने, ढुसी लाग्ने गरेको उनको आरोप छ ।

जननेत्र माविका शिक्षक तथा सुन्तला कृषक भूमिराज शर्माले गाउँमा सुन्तलाको अभाव रहेको बताए । घरमा सुन्तलाको बोट छ तर आफुले किनेर खानुपर्ने अबस्था छ उनले भने । असिनाले सुन्तला कृषक यो बर्ष निकै मारमा परेको उनले बताए । बोटमा रोग, ढुसी, सिचाइ अभाव लगायतका कारणले कृषक मारमा पर्दै आएको उनले बताए ।

असिनलो सुन्तला खेती मात्रै नभई हिउँदे खेतीमा समेत असर पारेको थियो । असिनाबाट सुन्तला कृषक मारमा परेपछि सुन्तला कृषक राहत माग्नको लागि माछापुच्छे सुन्तला सहकारी मार्फत जिल्ला कृषि विकास कार्यालयमा पुगेता पनि कुनै राहत हाता नलागेको उक्त गाविसका अगुवा कृषकहरु बताउँछन् । कृषि कार्यालय पर्वतमा सुन्तला कृषकको लागि राहतको लागि गुहारेता पनि कृषि कार्यालय अनुगमन गरेर गयो तर कृषकको लागि कुनै पनि चाँसो र उनीहरुको पीडामा मलम लगाउने काम नभएको कृषकहरुको गुनासो छ ।

देउपुर गाविसका वडा नं ९ र ४ मा कम मात्रमा सुन्तला उत्पादन हुने भएता पनि अन्य वडाहरुमा सुन्तलाको लागि राम्रो देखिन्छ । २ सय भन्दा बढी कृषकहरु सुन्तलाखेतीलाई आफ्नो व्यवसायीकरण गर्दै आएता पनि त्यो बाहेक अरु सुन्तला कृषिकपनि उक्त गाविसमा रहेका छन्  । १५ हेक्टर क्षेत्रमा उक्त गाविसमा सुन्तला खेती हुदै आएको छ । गत बर्ष १ सय टन सुन्तला निर्यात भएको गाविसबाट अहिले आधा टन सुन्तला समेत निर्यात हुनको लागि मुस्किल देखिन्छ ।

जिल्ला कृषि विकास कार्यालय पर्वतले कृषकहरुको लागि आवश्यक तालिम, औचार, औषधि  लगायतका अन्य आवश्यक कुराहरु उपलब्ध गराएको बताएको छ । सिचाईको लागि साना सिचाई योजनामार्फत समेत काम भैरहेको जनाएको छ । जिल्लामा  ७१५ हेक्टरमा सुन्तला लगाइएको जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले बताए । जसमध्येबाट ४७५ हेक्टर  सुन्तला फल्ने गरेको र प्रति हेक्टर ८ मेक्ट्रिक टन उत्पादन हुने गरेको उनले बताए ।

जिल्लामा यो बर्ष सुन्तला उत्पादनमा ५ प्रतिशतले बृद्धि भएको रेग्मीले बताए । देउपुर गाविसमा असिनाले उत्पादन नभएता पनि अन्य क्षेत्रमा भने उत्पादन बढेको उनले जानकारी दिए । जिल्लाको  बाँसखर्क, देउपुर, पाङराङ र कुर्घा सुन्तलाका लागि मुख्य पकेट क्षेत्र मानिन्छन् । त्यस्तै   माझफाट, लेखफाँट शालिजा, बनौ, दुर्लुङ, बाजुङ, चित्रे, तिलाहार, पकुवाको छापा, आर्थर, थापाठाना, भंगरा, लिमिठाना, ठानामौला, बाच्छा, भोक्सिङ, होश्राङदी,पाखापानी, त्रिवेणी, सरौखोला, हुवास र वहाकीठाँटीमा सुन्तला उत्पादन हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द