Skip to content
Friday, July 17, 2026 Nepali Online Media

पकेट क्षेत्रमै सुन्तलाको अभाव

By kit 13 मिनेट पढाइ

पढ्न करिब 6 मिनेट लाग्छ
प्रकाशित:

महेन्द्र केसी

पर्वत । जिल्लाको देउपुर गाविस सुन्तलाको राम्रो पकेट क्षेत्रका रुपमा मानिन्छ । बर्षेनी ट्रकका ट्रक सुन्तला निर्यात गर्ने देउपुरका सुन्तला कृषिकलाई यतिबेला सुन्तला बेच्नको लागि भ्याइनभ्याइ हुन्थ्यो । सुन्तला बगैचामानै खरिद गर्नको लागि छिमेकी जिल्ला पोखरा, बाग्लुङ, काठमाडौ लगायतका क्षेत्रका व्यापारी देउपुरमा पुग्थे । तर यस बर्ष देउपुरमा सुन्तला कृषकहरु आफै सुन्तला किनेर खानुपर्ने बाध्यतामा छन् ।

बैशाखमा परेको असिनाका कारण सुन्तला उत्पादन  नभएपछि देउपुरका सुन्तला कृषक निराश मात्रै भएका छैनन् । आफ्नो रोजीरोटी बनाउँदै आएको पेशानै धरापमा परेको बताउँछन् । असिनाले सुन्तलाको फुल र बचिला मात्रै झारेन सुन्तलाका बोटनै मर्न थालेपछि किसान चिन्तित बनेका छन् । गत बर्ष २ करोड बराबरको सुन्तला निर्यात भएको देउपुर गाविसमा अहिले सुन्तला कृषकहरु आफैले सुन्तला किनेर खानुपर्ने बाध्यता आएको छ । आजको सहारान्यूजमा खबर छ ।

माछापुच्छे सुन्तला कृषि सहकारीका अध्यक्ष दाताराम चापागाइ भन्छन् यस बर्ष गाउँमा सुन्तलाको उत्पादन छैन । आफैले किनेर खानुपर्ने बाध्यता छ । गत बर्ष २ लाख ५० हजार सुन्तला विक्रिबाट आम्दानी गरे । अहिले सुन्तला बगौचाभरीका सुन्तला जम्मा पारेपनि ५० हजार उठ्ने अबस्था छैन । उनले भने ।

८ रोपनी जग्गामा १२० वटा सुन्तला बोट रहेको उनको बगैचामा हेर्न हो भने अलिअलि सुन्तलाका दाना मात्र देख्न सकिन्छ । असिनाले सुन्तलाको फुल र बचिला मात्रै झारेन, बोटका हाँगा समेत बाँच्यो उनले भने । असिनाले सुन्तालाको विउनै मास्ने हो कि भन्ने चिन्ता थियो दुइचार दाना फल लाग्यो, सिचाईको अभाव, रोगकिराको आक्रमणले पनि त्यहि बचेका सुन्तलालाई समेत राम्रो हुन थिएन चापागाइले भने ।

गत बर्ष उत्कृष्ट कृषकका रुपमा क्षेत्रीय पुरस्कार समेत पाएका  देउपुर ७ दोबाटोका सुन्तला कृषक टिकाराम तिमिल्सीनाको अबस्था र पीडा पनि उही छ । सुन्तला र मौरी व्यवसायबाटनै घरखर्च चलाउँदै आएका तिमिल्सीले १४ रोपनीमा सुन्तला खेती गरेका छन् । उनले पनि गत बर्ष ३ लाखको सुन्तला विक्रि गरेकोमा यो बर्ष सुन्तलाको उत्पादन नभएको बताए ।

३९ बर्ष सुन्तला खेती गरे यो बर्षजस्तो सुन्तलाको अनिकाल परेको थिएन । यो बर्ष सुन्तलाको लागि अनिकालनै लाग्यो तिमिल्सीनाले भने । सुन्तला र मौरी व्यवसायबाटनै घरखर्च , अपाङ् छोरीको हेरचाह र उपचारखर्चका साथै  शिक्षा दिक्षाको व्यवस्था समेत मिलाउँदै आएका उनले अहिले सुन्तलाको लागि हाहाकार रहेको बताए ।

सुन्तला र मौरीबाट २ छोरीको विहे गराए, एक बुहारी भित्राए, एउटा छोरा पोखरा पढ्दै छ, अपाङ्ग छोरीको उपचारपानी मिलाउँदै आएको थिए । यो बर्ष सुन्तला असिनाले खायो, आफैले समेत सुन्तला किनेर खानुपर्ने अवस्था छ  तिमिल्सीनाले  भने ।

त्यस्तै देउपुर ७ दोबाटोकै अर्का कृषक बाबुराम तिमील्सीनाको पनि गुनासो र समस्या उही छ । ३ रोपनी जग्गामा ७० वटा बोट लगाएका उनले गतबर्ष २ लाख ५० हजार आम्दानी गरे तर अहिले त्यो अबस्था  छैन । अरुको भन्दा मेरो बगैचामा केहि सुन्तला छ गत बर्षको तुलनामा धेरै आम्दानी गर्न नसकेपनि तीस चालिस हजार रुपैयाँ आम्दानी हुन्छ कि भन्ने आश छ तिमिल्सीनाले भने । सिचाईको अभाव, ढुसी र वरपर ठूला रुख भैदिनाले त्यसको छहारीका कारण पनि सुन्तला उत्पादनमा कम हुने गरेको उनले बताए । यो बर्ष गाउँका सुन्तला कृषकको लागि मात्रै नभएर अन्य हिउँदे खेती गर्ने कृषकको लागि समेत असिना अनिकाल बनेर आएको उनले बताए ।

माछापुच्छे सुन्तला कृषि सहकारीका सचिव  एवं सुन्तला कृषक सुर्यप्रसाद शर्माले आफ्नो बगैचामा सुन्तलाको बोट बाहेक अरु नभएको बताए । १ रोपनी जग्गामा साना ठूला गरी १२० वटा सुन्तलाबोट रहेको बगैचामा मुस्किलले १०।१२ केजी सम्म सुन्तला निकाल्न सकिने बताए । गत बर्ष ३५ हजार सुन्तलाबाट आम्दानी गरेका उनले यो बर्ष सुन्तलाबाट कुनै लाभ नहुने बताए ।

गोर्खाबाट ल्याइएका विरुवाबाट गाउमा सुन्तलाका बोटमा रोग सरेको उनले बताए । जिल्ला कृषि विकास कार्यालयले गोर्खाबाट विरुवा ल्याएर वितरण गरेको र उक्त विरुवाबाट अन्य बोटमा समेत रोग सरेका कारण सुन्तलाको बोट मर्ने, सुक्ने तथा पहेँलो हुने, ढुसी लाग्ने गरेको उनको आरोप छ ।

जननेत्र माविका शिक्षक तथा सुन्तला कृषक भूमिराज शर्माले गाउँमा सुन्तलाको अभाव रहेको बताए । घरमा सुन्तलाको बोट छ तर आफुले किनेर खानुपर्ने अबस्था छ उनले भने । असिनाले सुन्तला कृषक यो बर्ष निकै मारमा परेको उनले बताए । बोटमा रोग, ढुसी, सिचाइ अभाव लगायतका कारणले कृषक मारमा पर्दै आएको उनले बताए ।

असिनलो सुन्तला खेती मात्रै नभई हिउँदे खेतीमा समेत असर पारेको थियो । असिनाबाट सुन्तला कृषक मारमा परेपछि सुन्तला कृषक राहत माग्नको लागि माछापुच्छे सुन्तला सहकारी मार्फत जिल्ला कृषि विकास कार्यालयमा पुगेता पनि कुनै राहत हाता नलागेको उक्त गाविसका अगुवा कृषकहरु बताउँछन् । कृषि कार्यालय पर्वतमा सुन्तला कृषकको लागि राहतको लागि गुहारेता पनि कृषि कार्यालय अनुगमन गरेर गयो तर कृषकको लागि कुनै पनि चाँसो र उनीहरुको पीडामा मलम लगाउने काम नभएको कृषकहरुको गुनासो छ ।

देउपुर गाविसका वडा नं ९ र ४ मा कम मात्रमा सुन्तला उत्पादन हुने भएता पनि अन्य वडाहरुमा सुन्तलाको लागि राम्रो देखिन्छ । २ सय भन्दा बढी कृषकहरु सुन्तलाखेतीलाई आफ्नो व्यवसायीकरण गर्दै आएता पनि त्यो बाहेक अरु सुन्तला कृषिकपनि उक्त गाविसमा रहेका छन्  । १५ हेक्टर क्षेत्रमा उक्त गाविसमा सुन्तला खेती हुदै आएको छ । गत बर्ष १ सय टन सुन्तला निर्यात भएको गाविसबाट अहिले आधा टन सुन्तला समेत निर्यात हुनको लागि मुस्किल देखिन्छ ।

जिल्ला कृषि विकास कार्यालय पर्वतले कृषकहरुको लागि आवश्यक तालिम, औचार, औषधि  लगायतका अन्य आवश्यक कुराहरु उपलब्ध गराएको बताएको छ । सिचाईको लागि साना सिचाई योजनामार्फत समेत काम भैरहेको जनाएको छ । जिल्लामा  ७१५ हेक्टरमा सुन्तला लगाइएको जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले बताए । जसमध्येबाट ४७५ हेक्टर  सुन्तला फल्ने गरेको र प्रति हेक्टर ८ मेक्ट्रिक टन उत्पादन हुने गरेको उनले बताए ।

जिल्लामा यो बर्ष सुन्तला उत्पादनमा ५ प्रतिशतले बृद्धि भएको रेग्मीले बताए । देउपुर गाविसमा असिनाले उत्पादन नभएता पनि अन्य क्षेत्रमा भने उत्पादन बढेको उनले जानकारी दिए । जिल्लाको  बाँसखर्क, देउपुर, पाङराङ र कुर्घा सुन्तलाका लागि मुख्य पकेट क्षेत्र मानिन्छन् । त्यस्तै   माझफाट, लेखफाँट शालिजा, बनौ, दुर्लुङ, बाजुङ, चित्रे, तिलाहार, पकुवाको छापा, आर्थर, थापाठाना, भंगरा, लिमिठाना, ठानामौला, बाच्छा, भोक्सिङ, होश्राङदी,पाखापानी, त्रिवेणी, सरौखोला, हुवास र वहाकीठाँटीमा सुन्तला उत्पादन हुने गरेको छ ।