2026-09-16 12:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

विदेशबाट फर्किएर स्वदेशमै ब्यबसाय, मासिक ५० हजार आम्दानी

पुस १७, रामपुर (पाल्पा) | घरायसी खर्च जुटाउन आर्थिक अभावमा तानसेन नगरपालिका–११ की पम्फा पाण्डे विदेश पुग्नुभयो । खाडीमा पसिना बगाएर गएको ऋण तिर्न, एकसरो कपडा लगाउन र दुई छाक खान मुस्किल परेपछि उहाँ स्वदेश फर्किनुभयो । 

बालबच्चाको लालनपालन, उनीहरुको उज्यालो भविष्य बोकेर बिदेसिनुभएकी पाण्डेको सपना सबै खाडीको मरुभूमिमा विलिन भएपछि स्वदेश फर्किएर गाई फार्म सञ्चालन अहिले गर्नुभएको छ । 

चार वर्षअघि सहकारीबाट रु १० लाख ऋण झिकेर गाई फार्ममा लगानी गर्नुभयो । दुईवटा गाईबाट सुरु गरेको व्यवसायमा अहिले रु २५ लाखको लगानी पुर्याउनुभएको छ । 

गाईबाट आयस्रोत बढ्दै गएपछि दिगो रुपमा व्यवसाय चलाउने सोच राखेर पक्की फार्म निर्माण र उन्नत गाई खरिदमा खर्च गर्नुभएको छ । उहाँको फार्ममा अहिले आठवटा गाई र दुईवटा भैँसी रहेका छन् । 

उहाँ भन्नुहुन्छ – “सामान्य घरखर्च चलाउन पनि निकै कष्ट भएपछि चारजना बालबच्चा घरमा छोडेर विदेश गएँ”, “विदेशको तातो हावामा राम्रो कमाइ गर्न पनि सकिएन, मनमा भारी पिर बोकेर घर फर्किएँ” – उहाँले भन्नुभयो । 

गाई पालेर दूध बिक्रीबाट आम्दानी होला कि भनेर व्यवसाय चलाएको अहिले नसोचेको आम्दानी भइरहेको उहाँले बताउनुभयो । 

“लगानी राम्रो गरियो भने उत्पादन पनि बढ्ने रहेछ, दिनमा सरदरमा ७० लिटरसम्म दूध उत्पादन हुने गर्छ” – पाण्डेले भन्नुभयो । उहाँले मासिक रु ४० देखि ५० हजारसम्म आम्दानी गर्नुहुन्छ । पशुलाई आहारमा राम्रोसँग हेरचाह गरियो भने थोरै गाईबाट पनि मनग्य आम्दानी लिन सकिने अनुभव उहाँले सुनाउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल