2026-10-28 05:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा यस वर्ष ११ करोडको सुन्तला उत्पादन


प्रेम सुनार/पुस २०, गुल्मी । जिल्ला कृषि विकास कार्यालय गुल्मीको न्युतम दर रेट अनुसार पनि यस जिल्ला यस वर्ष झण्डै ११ करोडको सुन्तला र सुन्तला जन्य फलफुल उत्पादन भएको छ ।

सो कार्यालयले सुन्तला उत्पादनलाई बृद्धि गर्न जिल्लामा तिन वटा पकेट क्षेत्र घोषणा गरेको छ ।  पकेट क्षेत्र १ अन्तर्गत दिगाम, विरवास, हर्दिनेटा र गौडाकोटमा ३ हजार ४ सय ३९ क्वीन्टल सुन्तला यस वर्ष उत्पादन भई बजारमा गई रहेको छ ।

सुन्तला उत्पादनको सवै भन्दा ठुलो पकेट क्षेत्र मानिने  पकेट क्षेत्र नम्वर २ को नयाँगाउँ, पिपलधारा, हाडहाडे भनेभने र साविको अर्खले गाविसमा यस वर्ष ८ हजार १ सय ४७ क्वीन्टल सुन्तला उत्पादन भएको छ ।

पकेट क्षेत्र नम्वर ३ अन्तर्गत अर्वेनी, हर्मिचौर, जयखानी र अर्लाङ्गकोटमा २ हजार ८ सय १३ क्वीन्टल सुन्तला उत्पादन भएको छ । त्यस्तै सो कार्यालयका प्राविधिक सहयाक दोमलाल भुसालले दिएको जानकारी अनुसार  जिल्लामा सुन्तलाले ढाकेका विभिन्न गाविस १ हजार ७० हेक्टर पकेट क्षेत्रफल  मध्ये उत्पादन सुरु भएको ३ सय ४३ हेक्टरबाट ३ हजार १ सय ६१ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।

सुन्तला जन्य फलफुलमा गनिने कागती ३.५ हेक्टरमा १ सय १२ क्वीन्टल , मौसम २ हेक्टरमा १ सय ३४ क्वीटल ,  अन्य अमिलोजात १ हेक्टरमा ७९ क्वीन्टल सहित कुल ३ हजार १ सय ६ टन सुन्तला जन्य फलफुल यस वर्ष गुल्मीमा उत्पादन भएको छ ।

उक्त परिमाणलाई  सरदर प्रतिकिलो ३५ का दरले किशानले पाउने मुल्य अनुसार पनि  १० करोड ९८ लाख ५७ हजार ३ सय रुपैयाँ मुल्य वरावरको सुन्तला जन्य फलफुल  यस वर्ष गुल्मीमा उत्पादन भएको वरिष्ठ जिल्ला कृषि विकास अधिकृत चक्रपाणी पन्थीले जानकारी दिए ।

उनका अनुसार ६५ प्रतिशत सुन्तला स्थानिय तहमै खपत हुन्छ भने बाँकी ३५ प्रतिशत सुन्तला अर्घाखाँची, कपिलवस्तु, पाल्पा , स्याङ्गजा , वुटवल र पोखरा सम्म जाने गरेको छ ।

विचौलीहरु मौलाउँदै, कृषकहरु निरासीदै

यति वेला सदरमुकाम तम्घासमै सुन्तलाहरु ७० रुपैयाँ किलो सरदर मुल्यमा विक्रि भई रहेका छन् ।  सडकका खुद्रा पसलेहरुले न्युतम नाफा कमाउ छन् । विचौलीयाहरुले वुटै हान्ने  ( अनुमानित वुटामा फलेको सुन्तलाको मुल्य तोक्ने ) गरेर कृषकहरु त्यसै पनि मर्कामा परेका हुन्छन भने सरदरमुल्य प्रति किलो ३०÷३५ का दरले तौलेरै सुन्तला कृषकले बचे पनि सदरमुकाम सम्म आई पुग्दा ७० रुपैया किलो पर्ने गरेको छ ।

कृषकहरु आफैले वजारमा बेच्न ल्याउने पनि गरेका छन् तर जसलाई बढि आर्थिक अभाव छ त्यस्ता कृषकहरु बुटै बेच्न बाध्य हुन्छन् । सुन्तलाको फुल फुल्न साथ विचौलियाहरु गाउँ पस्छन  पहिले नै पैसा दिन्छन्  ।

मौसमले क्षति नगरे त्यो सुन्तलाको वोट मेरै हो बनाएर जान्छन् । अन्ततः राम्रै फले विचौलियाहरुको नफले वा असिना पानी लगायतले क्षति गरे कृषकहरु थप मारमा पर्ने गरेका हुन्छन भन्ने गुनासो सर्वत्र चलिरहेको वेला जिल्ला कृषि विकासा कार्यालय गुल्मीले पनि उक्त कुरा स्वीकार गर्दछ ।

प्राविधिक सहायक दोमलाल भुसालले पनि कृषक उत्साहित नहुनुको मुख्य कारण विचौलियाहरुको समस्या भएको स्वीकार गर्दछन् ।  उक्त समस्या समधान गर्न वजार व्यवस्थपनको प्रयास केहि वर्ष यता यहाँका सरोकारवालाले गरे पनि  सफल गराउन सकेका छैनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला