Skip to content
Friday, July 17, 2026 Nepali Online Media

गुल्मीमा यस वर्ष ११ करोडको सुन्तला उत्पादन

By kit 7 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार/पुस २०, गुल्मी । जिल्ला कृषि विकास कार्यालय गुल्मीको न्युतम दर रेट अनुसार पनि यस जिल्ला यस वर्ष झण्डै ११ करोडको सुन्तला र सुन्तला जन्य फलफुल उत्पादन भएको छ ।

सो कार्यालयले सुन्तला उत्पादनलाई बृद्धि गर्न जिल्लामा तिन वटा पकेट क्षेत्र घोषणा गरेको छ ।  पकेट क्षेत्र १ अन्तर्गत दिगाम, विरवास, हर्दिनेटा र गौडाकोटमा ३ हजार ४ सय ३९ क्वीन्टल सुन्तला यस वर्ष उत्पादन भई बजारमा गई रहेको छ ।

सुन्तला उत्पादनको सवै भन्दा ठुलो पकेट क्षेत्र मानिने  पकेट क्षेत्र नम्वर २ को नयाँगाउँ, पिपलधारा, हाडहाडे भनेभने र साविको अर्खले गाविसमा यस वर्ष ८ हजार १ सय ४७ क्वीन्टल सुन्तला उत्पादन भएको छ ।

पकेट क्षेत्र नम्वर ३ अन्तर्गत अर्वेनी, हर्मिचौर, जयखानी र अर्लाङ्गकोटमा २ हजार ८ सय १३ क्वीन्टल सुन्तला उत्पादन भएको छ । त्यस्तै सो कार्यालयका प्राविधिक सहयाक दोमलाल भुसालले दिएको जानकारी अनुसार  जिल्लामा सुन्तलाले ढाकेका विभिन्न गाविस १ हजार ७० हेक्टर पकेट क्षेत्रफल  मध्ये उत्पादन सुरु भएको ३ सय ४३ हेक्टरबाट ३ हजार १ सय ६१ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।

सुन्तला जन्य फलफुलमा गनिने कागती ३.५ हेक्टरमा १ सय १२ क्वीन्टल , मौसम २ हेक्टरमा १ सय ३४ क्वीटल ,  अन्य अमिलोजात १ हेक्टरमा ७९ क्वीन्टल सहित कुल ३ हजार १ सय ६ टन सुन्तला जन्य फलफुल यस वर्ष गुल्मीमा उत्पादन भएको छ ।

उक्त परिमाणलाई  सरदर प्रतिकिलो ३५ का दरले किशानले पाउने मुल्य अनुसार पनि  १० करोड ९८ लाख ५७ हजार ३ सय रुपैयाँ मुल्य वरावरको सुन्तला जन्य फलफुल  यस वर्ष गुल्मीमा उत्पादन भएको वरिष्ठ जिल्ला कृषि विकास अधिकृत चक्रपाणी पन्थीले जानकारी दिए ।

उनका अनुसार ६५ प्रतिशत सुन्तला स्थानिय तहमै खपत हुन्छ भने बाँकी ३५ प्रतिशत सुन्तला अर्घाखाँची, कपिलवस्तु, पाल्पा , स्याङ्गजा , वुटवल र पोखरा सम्म जाने गरेको छ ।

विचौलीहरु मौलाउँदै, कृषकहरु निरासीदै

यति वेला सदरमुकाम तम्घासमै सुन्तलाहरु ७० रुपैयाँ किलो सरदर मुल्यमा विक्रि भई रहेका छन् ।  सडकका खुद्रा पसलेहरुले न्युतम नाफा कमाउ छन् । विचौलीयाहरुले वुटै हान्ने  ( अनुमानित वुटामा फलेको सुन्तलाको मुल्य तोक्ने ) गरेर कृषकहरु त्यसै पनि मर्कामा परेका हुन्छन भने सरदरमुल्य प्रति किलो ३०÷३५ का दरले तौलेरै सुन्तला कृषकले बचे पनि सदरमुकाम सम्म आई पुग्दा ७० रुपैया किलो पर्ने गरेको छ ।

कृषकहरु आफैले वजारमा बेच्न ल्याउने पनि गरेका छन् तर जसलाई बढि आर्थिक अभाव छ त्यस्ता कृषकहरु बुटै बेच्न बाध्य हुन्छन् । सुन्तलाको फुल फुल्न साथ विचौलियाहरु गाउँ पस्छन  पहिले नै पैसा दिन्छन्  ।

मौसमले क्षति नगरे त्यो सुन्तलाको वोट मेरै हो बनाएर जान्छन् । अन्ततः राम्रै फले विचौलियाहरुको नफले वा असिना पानी लगायतले क्षति गरे कृषकहरु थप मारमा पर्ने गरेका हुन्छन भन्ने गुनासो सर्वत्र चलिरहेको वेला जिल्ला कृषि विकासा कार्यालय गुल्मीले पनि उक्त कुरा स्वीकार गर्दछ ।

प्राविधिक सहायक दोमलाल भुसालले पनि कृषक उत्साहित नहुनुको मुख्य कारण विचौलियाहरुको समस्या भएको स्वीकार गर्दछन् ।  उक्त समस्या समधान गर्न वजार व्यवस्थपनको प्रयास केहि वर्ष यता यहाँका सरोकारवालाले गरे पनि  सफल गराउन सकेका छैनन् ।