पर्वत । धौलागिरीका चार जिल्लामा पनि लोडसेडिङ अन्त्य हुने भएको छ । धौलागिरीका पर्वत बाग्लुङ, म्याग्दीमा अब लोडसेडिङ अन्त्य हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ले  बताएका हुन् । उनले यस क्षेत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । धौलागिरीका चार जिल्लामा पनि लोडसेडिङ अन्त्य हुने भएको छ । धौलागिरीका पर्वत बाग्लुङ, म्याग्दीमा अब लोडसेडिङ अन्त्य हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ले  बताएका हुन् । उनले यस क्षेत"/>
2026-09-16 12:43 PM
कृषि गतिबिधी

अब धौलागिरिमा लोडसेडिङ्ग हुदैनः कुलमान घिसिङ

पर्वत । धौलागिरीका चार जिल्लामा पनि लोडसेडिङ अन्त्य हुने भएको छ । धौलागिरीका पर्वत बाग्लुङ, म्याग्दीमा अब लोडसेडिङ अन्त्य हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ले  बताएका हुन् । उनले यस क्षेत्रका उद्योगी ब्यबसायीहरु संगको कुराकानी गर्दै धौलागिरीमा मात्रै नभई पर्यटकीय क्षेत्र पोखारामा समेत लोडसेडिङ अन्त्य हुने बताए ।  उनले धौलागिरीका ती जिल्ला सहित पोखरा क्षेत्रमा पनि लोडसेडिङ्ग नहुने पनि उनले स्पष्ट पारे । उर्जाको खानी पर्वतमा लोडसेडिङ अन्त्य भने हुन नसकेको छैन पछिल्लो उर्जामन्त्री र विद्युत प्राधिकरणले थालेको अभियानका कारण पर्वतमा लोडसेडिङ भएको छैन र अब लोडसेडिङको तालिका समेत सार्वजानिक नहुने बताए ।


धौलागिरीका तीन जिल्लामा अघोषित रुपमा लामो समय देखि लोडसेडिङ्ग भएको छैन। समय समयमा अघोषित रुपमा बत्ती जाने समस्या भने हट्न सकेको छैन। “लोडसेडिङ पहिलेको जस्तो अब हुँदै हुँदैन,” उनले भने “आधारभूत रुपमा लोडसेडिङ हटिसकेको अवस्था छ ।’


पर्वत जिल्ला मुलुककै ठुलो कालीगण्डकी ए जलबिद्युतकेन्द्रको पनि प्रभावित जिल्ला हो भने १४ दशमलब ८ मेघावाटको मोदीखोला र १० मेघावाटको तल्लो मोदीखोला एक जलबिद्युत आयोजनाबाट बिद्युत उत्पादन भैसकेको छ। अन्य आयोजनाहरु समेत निर्माणचरणमा छन। म्याग्दीमा पनि ठुला र मझौला जलबिद्युत आयोजनाहरु निर्माणको चरणमा छन ।


यसले गर्दा पनि यस क्षेत्रमा लोडसेडिङ्ग नगर्ने योजनामा प्राधिकरण रहेको बुझिएको छ । कार्यकारी निर्देशक घिसिङ्गले मुलुकमा आधारभूत रुपमा लोडसेडिङ अन्त्य भएको बताएका छन् । बाह्रखरीसँग कुरा गर्दै उनले लोडसेडिङ पूर्ण रुपमा हटाउन लागि परेको जानकारी दिँदै मुलुक अब आधारभूत रुपमा लोडसेडिङमुक्त भएको बताए । सानातिना प्राविधिक समस्याले विद्युत आपूर्ति अवरुद्ध हुने गरेको उनको भनाई छ । उनले काठमाडौं उपत्यकाका अतिरिक्त पोखरा, बाग्लुङ, पर्वत र म्याग्दी पूर्ण रुपमा लोडसेडिङमुक्त भइसकेको बताएका छन् ।


यस्तै पूर्व क्षेत्रमा पनि लोडसेडिङ नभएको उनले जानकारी दिए । तत्काल लोडसेडिङ् हटाउन भारतबाट बिजुली आयात बढाइएको उनले जानकारी दिए । प्राधिकरणले उपत्यकाबाहिर पनि औसत दैनिक २ घण्टा मात्र लोडसेडिङ भएको बताएको छ । शनिबार राती १२ बजेदेखि भारतबाट थप ४० मेगावाट बिजुली आयात भएको छ । यो समेत गरी भारतबाट बिजुलीको आयात बढेर ३४० मेगावाट पुगेको छ । भारतको मुज्जफपुर–ढल्केबर अन्तरदेशीय प्रसारणलाइनबाट थप बिजुली आयात भएको हो । यस्तै अर्को महिना प्रणालीमा थप ४० मेगावाट बिजुली थप हुनेछ ।डसेडिङ हटाउन विद्युत प्राधिकरणले भारतबाट ५६० मेगावाटसम्म बिजुली आयातको तयारी गरेको छ ।


नदीमा जलस्तर घट्दै गएर विद्युत उत्पादनमा कमी आएपछि नेपाल विद्युत प्राधिकरणले भारतबाट थप बिजुली आयात गर्न लागेको हो । जलप्रवाह कम भएपछि कालिगण्डकी, मध्यमस्र्याङदी, मस्र्याङदी र खिम्तीलगायत ठुला आयोजनाबाट विद्युत उत्पादन आधा घटेको छ । साउनयता

९७ मेगावाट क्षमताका आधादर्जन जलविद्युत आयोजना सम्पन्न भइ प्रणालीमा ३३ मेगावाट बिजुली थप भइसकेको छ । अन्य आयोजनाबाट परीक्षणका रुपमा विद्युत उत्पादन भइरहेको विद्युत प्राधिकरणले जनाएको छ । यस्तै अन्य प्रसारणलाइन निर्माण र स्तरोन्नतिको काम भइरहेकाले सम्पन्न भएपछि मात्र थप बिजुली आयातका लागि पीपीए हुनेछ ।


जसअनुसार कटैया–कुसाह र परावनीपुर–रक्सौलमा १३२ केभी प्रसारणलाइन निर्माण भइरहेकाले सम्पन्न भएपछि मात्र दुई लाइनबाट थप १ सय मेगावाट आयातका लागि पीपीए हुने प्राधिकरणले जनाएको छ । कटैया–कुसाहबाट हाल १३० मेगावाटसम्म आयात भइरहेकोमा क्षमता बढाएपछि थप ५० र परवानीपुर–रक्सौलबाट थप ५० मेगावाट बिजुली आयात हुँदैछ । अहिले भारतबाट आइरहेको बिजुलीमा २२० मेगावाट थप गर्दा देशभर लोडसेडिङ् नहुने प्राधिकरणको अनुमान छ । भारतबाट गतवर्षसम्म ३४७ मेगावाटसम्म बिजुली आयात भएको थियो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल