Skip to content
Friday, July 17, 2026 Nepali Online Media

किराले गँहुबाली नष्ट गरेपछि नवलपरासीका किसान चिन्तीत

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

मोहम्मद ईजहार शेष/पुस २२, नवलपरासी । गँहु उत्पादनका लागि पकेट जिल्ला मानिने नवलपरासीको मधेस क्षेत्रमा यो वर्ष गँहु बालीमा फौजी किराले गँहु काट्न थालेपछि किसानहरु चिन्तीत बनेका छन् ।

आर्मि वर्म नामक फौजी किरा विशेष गरि रातीको समयमा गँहु बाली काटेर नोक्सान गरेपछि नवलपरासीका किसानहरु उत्पादनमा हस आउने भन्दै चिन्तीत बनेका हुन् । करिब १ देखि २ सेन्टीमिटरको उक्त फौजी किरा गँहुको पात काट्ने र भुइँमा खसाल्ने गरेको छ ।

अहिले गँहु सिँचाई गरेपछि खासगरि ४० देखि ४५ दिनको भएको छ । यति बेला गँहुमा युरीया मल छरिसकेपछि गँहु बढ्ने समय रहेको तर यसै बेला उक्त किराले गँहुको पात काट्न थालेपछि किसानहरु दुखेसो पोखेका छन् ।

नवलपरासीको सदरमुकाम आसपासका क्षेत्रमा समस्या बढि रहेपनि अन्य क्षेत्र पनि यो समस्यावाट अछुत रहेको छैन । फौजी किराले गँहु काट्न थालेपछि गरिब किसानहरु खेतमै गई रुने समेत गरेका छन् । फौजी किराको समस्या देखाउदै नवलपरासीका किसान दिपेन्द्र पाण्डेले यो वर्षमा खद्यान्नमा समस्या हुने भन्दै दुखेसो पोखे । अधिकांस खेतमा यो समस्या देखिएपछि जिल्ला कृषि बिकास कार्यालय नवलपरासीका प्रमुख तेज नरायण गैरेको नेतृत्व स्थलगत अनुगमन समेत गरिएको छ ।

सो किरा नियन्त्रणका लागि साईपरमेथ्रिन ५ प्रतिशत र क्लोरोपाईरिफस पचास प्रतिशत झोल विषादी दुई एम एल पानीको दरले बेलुकीको समयमा खेतमा छर्नाले सो किरा नियन्त्रण गर्न सकिने जिल्ला कृषि बिकास कार्यालय नवलपरासीका बरिष्ठ बाली संरक्षण अधिकृत श्रिधर पौडेलले बताउनु भयो ।

नवलपरासीमा १८ हजार ७ सय १२ हेक्टर क्षेत्रफलमा गँहु खेति गर्ने गरिएको कृषि बिकास कार्यालय नवलपरासीको तथ्ँयांकमा देखिईएको छ । उक्त क्षेत्रफलमा गँहु खेती गरि गत वर्ष ३५ हजार ९२ मेट्रिक टन गँहु उत्पादन भएको थियो भने यो वर्ष सुरुवाती चरणमा गँहु राम्रो भएकाले उत्पादनमा २० प्रतिशतले बृद्धि हुने अनुमान गरिएको छ । तर फौजी किराले बिगत एक हप्तावाट गँहु बाली काट्न थालेपछि उत्पादनमा हस आउने बताउन थालिएको छ ।