"माैरीपालन ब्यावसायबाट प्राकृतिक रुपमा  त्यसै खेर गईरहेकाे पुष्परस र परागकाे सदुपयाेग गराई राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउ । माैरीबाट सिकाै, समुदायलाई सिकाअाै "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... "माैरीपालन ब्यावसायबाट प्राकृतिक रुपमा  त्यसै खेर गईरहेकाे पुष्परस र परागकाे सदुपयाेग गराई राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउ । माैरीबाट सिकाै, समुदायलाई सिकाअाै "/>
2026-11-02 02:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

‘माैरीपालन ब्यावसाय गरौँ, राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याऔं ‘

“माैरीपालन ब्यावसायबाट प्राकृतिक रुपमा  त्यसै खेर गईरहेकाे पुष्परस र परागकाे सदुपयाेग गराई राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउ । माैरीबाट सिकाै, समुदायलाई सिकाअाै भन्ने नारालाई मार्गदर्शन मानेर व्यवसायिक बनाै र राष्ट्र निर्माणमा सहयाेग पुर्याउँ ” भन्ने मुल मन्त्रलाई मनन गर्दै, नेपाल सरकारकाे २० बर्षे दिर्घकालिन कृषि बिकास याेजनामा माैरीपालन क्षेत्र प्राथमिकतामा रहेकाे, त्यस्तै नेपाल एकीकृत व्यापार रणनिती २०१० काे निर्यात जन्य ७ वटा कृषि उपज मध्ये मह पनि सुचिकृत भएकाे, कृषिजन्य ब्यवसायकाे तालिम सञ्चालन गर्नु वर्तमान समयकाे माग एवमं अावश्यकता हाे । समाबेशीका हिसावले सबै धर्म,सम्प्रदाय, जातजाती, वर्ग, लिङ्ग, शिक्षित, अशिक्षित जुन उमेरका मानिसले पनि याे व्यावसाय सजिलै अपनाउन सक्ने साथै यसकाे उपज मह सबै धर्म, सम्प्रदाय, जात,जाती, वर्ग, लिङ्ग, शिक्षित, अशिक्षित, जुनसुकै उमेरका मानिसका धार्मिक एवमं पितृ कार्यमा पनि अनिवार्य मानिन्छ ।

मानव स्वास्थ्यका लागि माैरी उपज निले पनि ठिक, दले पनि ठिक र माैरीले चिले पनि ठिक, त्यस्तै मह प्रकृतीकाे उपहार, सर्वाेत्कृष्ट अाहार, पंचामृत भित्रकाे अमृत, पुनर्याेवनदायी भाेजन एवमं पाेषण र शक्तिकाे उत्तम स्राेतकाे श्रेणीमा पर्ने कुरा धार्मिक, अायुर्वेर्दिक ग्रन्थहरु देखि हालका विज्ञ विषेशज्ञहरुकाे अनुसन्धानले पनि पुष्टि पारिसकेकाे छ । व्यवसायिक हिसावले सुन्तला सुन र माैरीपालन हिराकाे रुपमा लिईन्छ , जुन व्यावसाय अपनाउदा प्राकृतिक संरचनामा कुनै पनि किसिमकाे खलल पुग्दैन, बरु प्राकृतिक संरचनामा रहेका बनस्पति बाेटबिरुवाकाे (माैरी बचरित हुदा) वंश संरक्षण हुने जैविक एवमं प्राकृतिक विज्ञहरुकाे अनुसन्धानले प्रष्ट पारिसकेकाे छ ।

माैरीपालन गर्दा जैविक विविधताकाे संरक्षण साथै लाेप हुने अवस्थामा पुगेका वनस्पति एवमं बालिनालीकाे उचित परागसेचन हुन गई वंश कायम रहने, प्रकृतिमा खेर गईरहेकाे पुष्परस, पराग तथा चाेप संकलनद्वारा माैरीजन्य उपज उब्जाई नियमित विक्रि बितरण गर्न सक्दा माैरीपालक किसानकाे अार्थिक स्तर एवमं देशकाे अर्थतन्त्रलाई समेत टेवा पुर्‍याउन सक्ने तथा यश व्यावसायमा कुनैपनि कच्चा पदार्थ वाहिरीमुलुकबाट  अायत तथा खरिद गर्नु नपर्ने भएकाे हुदाँ वेराजगार युवाहरुकाे स्वराेजगारी एवमं अार्थिक उन्नतिका लागि प्रशस्त संभावनाहरु रहेकाे, यस व्यवसाय हाल नेपालमा दिनानुदिन लाेकप्रिय बन्दाे छ । वि•सं• २०५० साल पछिबाट शुरु भएकाे याे ब्यावसाय समशिताेष्ण जलवायु कै कारण नेपाल अति उर्वर मानिन्छ । हाल नेपालमा हजाराै माैरीपालक कृषकहरु रहेका छन्  जसकाे अार्थिक उत्पादन करिव १२०० मेट्रिक टन भन्दा बढी रहेकाे छ । याे उत्पादनलाई बढाएर २०/३० हजार मेट्रिक टन सम्म उत्पादन गर्न सकिने सम्भावना रहेकाे देखिन्छ । विश्व जनसमुदायकाे उच्च मागकाे रुपमा रहेकाे  अर्गानिक (जैविक) मह नेपालमा प्रशस्त उत्पादन गर्न सकिने र निर्यातकाे प्रबल सम्भावना समेत भएकाले पनि यश ब्यावसाय प्रति बेराेजगार युवा जनशक्तिकाे ध्यानाकर्षण गर्नु, गराउनु पर्ने टड्काराे अावश्यकता देखेर नै माैरीपालन सम्वन्धि तालिम  संचालन गरि व्यनवसायिक रुपमा माैरीपालन व्यावसाय गर्न थालिएकाे हाे ।    

मुख रहे मुलुक पाईन्छ, स्वस्थ रहे जिउन पाईन्छ भन्ने भनाई छ, तसर्थ गराै सधै मह सेवन, बनाअाै  स्वस्थ दिर्ध जीवन अाफ्नाे स्वास्थ्य अाफ्नाे हातमा, शुद्ध मह सधै साथमा जसले जस्ताे अाहार बिहार गर्छ, उसकाे त्यस्तै किसिमकाे अानिबानी, साेचबिचार, मनस्थिती हुन्छ भन्ने धार्मिक विस्वास अनि विज्ञान( मनाेचिकित्सक, प्राकृतिक चिकित्सक, पाेषण विद अादिहरु) काे प्रमाणित तथ्यहरुले प्रष्ट पारी पाेषण र शक्तिकाे उत्तम स्राेत मह दैनिक सेवन गरि रहे शारिरीक स्वास्थतामा मात्र हैन कि मानसिक र बाैद्धिक स्वस्थता र बिकासमा पनि महत्वपुर्ण याेगदान पुग्ने कुरातिर ध्यानदिनु पर्ने पाे हाे कि ?

“पालाै माैरी हुन धनी,

देशकाे अर्थतन्त्र सुध्रन्छ अनि !

हरियाे वन नेपालकाे धन,

माैलाए माैरी उर्लन्छ झन !!”

#मेघराज पाण्डेबाट प्राप्त

(उहाँ ऐरावती सानाकिसान बहुउध्यशिय सहकारी संस्था ढुङ्गेगदी ३ बड्डडाडा प्युठानमा  कार्यरत हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द