पर्वत । नेकपा माओवादी केन्दं्रले आफ्नो गाउ जागरण अभियानलाई तिब्र पारेको छ । स्थानीय तहको निर्वाचनको लागि सरकारले चुनावको मिति घोषणा गर्ने तयारी थालिराखेको बेलामा माओवादी केन्द्रले गाउँगाउँमा आफ्नो अभियान तथा कमिटि विस्तार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेकपा माओवादी केन्दं्रले आफ्नो गाउ जागरण अभियानलाई तिब्र पारेको छ । स्थानीय तहको निर्वाचनको लागि सरकारले चुनावको मिति घोषणा गर्ने तयारी थालिराखेको बेलामा माओवादी केन्द्रले गाउँगाउँमा आफ्नो अभियान तथा कमिटि विस्तार"/>
2026-06-25 09:45 AM
कृषि गतिबिधी

माओवादी केन्द्रको गाउँजागरढा अभियान– बाच्छामा नयाँ कमिटी विस्तार

2017-01-16

पर्वत । नेकपा माओवादी केन्दं्रले आफ्नो गाउ जागरण अभियानलाई तिब्र पारेको छ । स्थानीय तहको निर्वाचनको लागि सरकारले चुनावको मिति घोषणा गर्ने तयारी थालिराखेको बेलामा माओवादी केन्द्रले गाउँगाउँमा आफ्नो अभियान तथा कमिटि विस्तारको लागि अभियान थालेको हो ।


राज्य पुनंसंरचनाको ढाँचा अनुसार आगामी चुनावमा नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिका साथ प्रस्तावित भिभिन्न गाँउपालीकाका वडाहरुमा नयाँ कमिटी बनाउने, पूनर्गठन गर्ने, घरदैलो कार्यक्रम गर्ने लगायतका गतिविधि संचालन गरिरहेको छ ।  अभियान अन्तरगत माओवादी केन्द्रले प्रस्तावित शिला कालिगण्डकी, विहादी गाँउपालीका अन्तरगतको बाच्छामा वडा कमिटी गठन गरेको हो ।


वडा भेलावाट खड्क बहादुर गुरुङ अध्यक्ष रहने गरी ६५ सदस्यीय नयाँ वडा कमिटी गठन गरिएको छ । जस्को उपाध्यक्ष डिल वहादुर गुरुङ, सचिवमा ललित नेपाली सहित अन्य सदस्यहरुमा रहेका छन । 

कार्यक्रममा प्रमुख अतिथी नेकपा माओवादी केन्द्र पर्वतका जिल्ला संयोजक कृष्ण पराजुली (परिवनर्त) ले माओवादी अव जिल्लामा भारी वहुमतका साथ विजयी हुनेमा सवैलाइ विस्वस्त पार्दै माओवादी चुनावी गतिविधिलाइ कडाइका साथ अगाडि बढाउन निर्देशन दिए । उनले  माओवादी पार्टि सर्वहारा वर्ग, उपेक्षीत, उत्पीडीत वर्गको पक्षमा लडिरहेको पार्टि भएको उल्लेख गर्दै अव माओवादीलाइ कुनै पनि तागतले पहिलो हुनबाट रोक्न नसक्ने दावी गरे । 


प्रस्तावित शिला कालिगण्डकी, विहादी गाँउपालीकाका इन्चार्ज तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य सविन गुरुङले माओवादी पार्टिमा जनताको समर्थन दिन प्रतिदिन वढ्दै गैरहेकाले जनताको भावना अनुसार काम गर्न सवै कार्यकर्ताहरुलाइ आग्रह गरे ।


प्रस्तावित शिला कालिगण्डकी, विहादी गाँउपालीकाका संयोजक तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य ऋसिराम भुसालले अव छिट्टै नै स्थानीय तहको चुनाव हुने भएकाले पार्टिले संगठन विस्तार कार्यलाइ दिव्रता दिनुपर्नेमा जोड दिए ।


उहाँले जनताका केहि गुनासा रहेकाले अवको चुनावमा भारी वहुमतका साथ पहिलो पार्टि बनाउन सवै नेता तथा कार्यकर्ताहरु जनताको गुनासा सम्वोधन तर्फ लाग्नुपर्नेमा जोड दिए । माओवादी केन्द्र पर्वत जिल्ला कमिटी सदस्य वैगुण्ठ केसीले माओवादीबाट टुक्रिएर गएका ससाना पार्टिका कार्यकर्ताहरुलाइ विस्तारै माओवादी केन्द्रमा समावेस गर्ने बतावरण तयार पार्नुपर्नेमा जोड दिदै पार्टि दिगो र वलियो बन्न एकता अपरिहार्य रहेको उल्लेख गरे ।


जिल्ला कमिटी सदस्य लाल वहादुर कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य ललित नेपालीले गरेका थिए भने सञ्चालन गंगा वहादुर विश्वकर्माले गरेका थिए । 

माओवादी पर्वतले यहि आउदो माघ २२ गते भित्र सवै गाँउपालीकाका वडाहरुमा वडा सम्मेलन गरिसक्ने रणनिती तयार पारेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक